स्वास्थ्य डायरी

काठमाडौं- विकास समिति अन्तर्गत सञ्चालन भइरहेका संघीय अस्पतालको आम्दानीबाट एक प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले यसबारे निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । प्रवक्ता डा.बुढाथोकीका अनुसार विकास समिति अन्तर्गत सञ्चालन भइरहेका अस्पतालहरूको आम्दानी कोष जम्मा गर्ने निर्णय भएको हो । २२ संघीय अस्पतालमध्ये १६-१७ वटा अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएका छन् । स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष…

विस्तृतमा...

तनहुँ- तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बतए । पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो । निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौताअनुरुप काम सम्पन्न हुन नसकेको सूचना अधिकारी यादवले बताए । काम सुरु…

विस्तृतमा...

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा अस्पताल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । त्यसक्रममा सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। अनुगमन टोली देखेपछि अस्पतालमा भर्ना भएका बिरामी छाडेर उनीहरू भागेका थिए । यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।

विस्तृतमा...

तानसेन- पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो । जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको बताइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरे । मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई…

विस्तृतमा...

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताए । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ । पन्ध्र श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताए । स्वीकृत…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् । फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहेका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै उक्त आग्रह गरेका हुन् । नेपालमा अहिले गर्भवतीहरुलाई आइरन चक्की दिइन्छ । तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो…

विस्तृतमा...

काठमाडौं- काठमाडौं उपत्यकाको वायु शुक्रबार बिहान ‘अति अस्वस्थकर’ बनेको छ । वातावरण विभागका अनुसार, शुक्रबार बिहान १० बजे काठमाडौंको शंखपार्क सर्वाधिक प्रदूषित छ । त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० पुगेको छ । यस्तै, भक्तपुरको एक्यूआई १९०, रत्नपार्कको १८४, ललितपुरको भैँसेपाटीको १७६ र खुमलटारको १७२ पुगेको छ । कैलालीको धनगढीमा पनि वायु प्रदूषण उच्च भएको छ । सोही समयमा त्यहाँको एक्यूआई १७८ मापन गरिएको छ । यीबाहेक अरू सहरकोे एक्यूआई १५० भन्दा कम छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।…

विस्तृतमा...

बैतडी- विगतमा देशभरकै उत्कृष्टमा गनिएको बैतडी जिल्ला अस्पतालको न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा यस वर्ष गिरावट आएको छ । गएको वर्ष ९३ अंक हासिल गरेको अस्पतालले यसपटक चार अंक गुमाएर ८९ मा सीमित भएको छ । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिशप्रसाद पन्तका अनुसार अस्पतालमा जनरल फिजिसियन डाक्टरको अभावले अंक घटेको हो। उहाँले अन्य सेवामा सुधार भए पनि व्यवस्थापन समितिको म्याद सकिनु र आवश्यक चिकित्सकको नहुँदा मूल्याङ्कनमा असर परेको बताए । यस वर्ष चैत दोस्रो साता मात्र स्वास्थ्य सेवा मापदण्डको मूल्याङ्कन गरिएको थियो, जुन नियमित समयभन्दा ढिलो भयो । अस्पतालको सेवा, भौतिक संरचना, व्यवस्थापनलगायतका आधारमा मूल्याङ्कन गरिने भए पनि व्यवस्थापन समितिको…

विस्तृतमा...

काठमाडौं- वरिष्ठ चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा. श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ। डा. श्रेष्ठले सर्वसधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका छन् । उनी तत्कालिन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ। वीरेन्द्र युवराज हुँदादेखि नै चिकित्सकीय सेवा दिएका उनलाई २०५३ सालमा औपचारिक रुपमा ‘शाही चिकित्सक’ को उपाधि प्रदान गरिएको थियो ।

विस्तृतमा...

रौतहट- रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छिन् । माधवनारायण नगरपालिका–३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर भएकी १८ वर्षीया छात्रा सुमनकुमारी बैठा आज बिहान मृत अवस्थामा फेला परेकी हुन् । गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी छात्रावासको बाथरुममा पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी दीपककुमार रायले जानकारी दिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी रायले बताए ।

विस्तृतमा...