स्वास्थ्य डायरी

काठमाडौँ- थर्ड इन्टरनेशनल हेड एण्ड नेक अन्कोलोजी वीथ एस्थेटिक कन्फ्रेन्स राजधानीमा सुरु भएको छ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको आन्ध्रप्रदेशस्थित जीएसएल एजुकेशनल ईन्स्टिच्युसन्सको संयुक्त आयोजनामा आज देखि सुरु भएको यो कन्फ्रेन्स दुई दिनसम्म चल्नेछ ।कन्फ्रेन्समा नेपाल सहित भारत श्रीलंका, उज्बेकिस्तान र नर्बे लगायतका देशबाट विषयविज्ञ चिकित्सकहरुको सहभागीता छ । कन्फ्रेन्स आयोजक मुल समितिका संयोजक प्राडा दिप्सिखा बज्राचार्यका अनुसार सम्मेलनमा स्वदेश तथा विदेशका गरी कुल २५० चिकित्सकहरुको सहभागिता रहेको छ । सम्मेलनमा ३७ वटा पेपर तथा पोष्ट्रर प्रिजेन्टेशन रहने छ । यो कन्फ्रेन्समा टाउकोदेखि घाँटीको भागसम्म देखिने क्यान्सर, त्यसका कारक तत्व र यससंग सम्वन्धित विभिन्न…

विस्तृतमा...

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विशेष समारोहबीच यस केन्द्रको उद्घाटन गरेका हुन् । मन्त्री पौडेलका अनुसार, यस केन्द्रले केवल उपचार सेवामात्रै प्रदान गर्ने नभई नेपाललाई आयुर्वेद पर्यटनको गन्तव्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । मन्त्री पौडेलले स्थानीय समुदायलाई केन्द्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । “बूढानीलकण्ठमा खुलेको यस आयुर्वेद केन्द्रलाई अन्तर्राष्ट्रिय आयुर्वेद पर्यटन केन्द्र बनाउनु जरुरी छ । स्थानीयहरूको सक्रिय सहभागिता बिना यस्तो पहल सफल हुन सक्दैन,” उनले बताए । उनका अनुसार, नेपालमा आयुर्वेद पद्धतिबाट उपचार गराउने प्रवृत्ति बढ्दै गएको छ । विदेशी पर्यटकलाई समेत…

विस्तृतमा...

बाँके- लुम्बिनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँके जिल्लामा मोबाइल (एप्लीकेशन)मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीका अनुसार महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम सञ्चालन मार्गनिर्देशनअनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानअन्तर्गत विवरण तयार गर्न लागिएको हो । यसअघि लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा सुरु भइसकेको छ । बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्न भएकाले गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा…

विस्तृतमा...

काठमाडौं – राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिनयता काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ । बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत निर्माणकार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेको अवस्थामा केही दिनयता काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो । वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको…

विस्तृतमा...

काठमाडाैं- उपत्यका विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा परेको छ । हाल उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० पुगेको छ, जुन खतरनाक मानिन्छ । बुधबार नेपालको एक्यूआई २७५ रहेको थियो। सबैभन्दा प्रदूषित शहरको सूचीमा भारतको दिल्ली पहिलो स्थानमा छ, जहाँ एक्यूआई ३०९ मापन गरिएको छ । मौसमविद्हरूका अनुसार शुक्रबारदेखि हावाको वेग बढेकाले काठमाडौंको वायु प्रदूषणमा केही सुधार देखिएको छ । हाल उपत्यकामा वर्षा हुने सम्भावना छैन, तर आकाश क्रमशः खुल्ने लक्षण देखिएको छ । वातावरण विभागका तथ्यांकअनुसार भक्तपुरको वायु प्रदूषण अझ खतरनाक अवस्थामा पुगेको छ । आज बिहान ९:३० बजे भक्तपुरको एक्यूआई ४२४ मापन गरिएको छ भने काठमाडौंको एक्यूआई ३४४…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) को म्याचिङ प्रक्रिया निजी मेडिकल कलेजहरूको असहयोगका कारण संकटमा परेको छ। सरकारले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई पनि सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेपछि ती कलेजहरूले पीजी अध्ययन नगराउने अडान लिएका छन् । यसैबीच, चिकित्सा शिक्षा आयोगले सरकारी मेडिकल कलेजका सिटहरूमा मात्र म्याचिङ अघि बढाएपछि १४ जना विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले म्याचिङ प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। साथै, चिकित्सा शिक्षा आयोगलाई कारण देखाउन आदेश दिँदै चैत २६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।…

विस्तृतमा...

विराटनगर– मोरङको नोबेल मेडिकल कलेजमा चिकित्सकीय लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ । सुनसरी इनरुवाकी ५६ वर्षीया विमला थापा पोखरेल फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् । सुधार भएपछि डिस्चार्जको तयारी गरिए पनि ढाड दुखाइ कम गर्न फोक्सो विशेषज्ञ डा. रामहरि घिमिरेले मोर्फिन औषधि सिफारिस गरेपछि उनको अवस्था बिग्रँदै गएको आरोप छ । मृतकका श्रीमान् महेश्वर पोखरेलका अनुसार, औषधि सेवनपछि विमलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या भयो । वार्डमा पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरियो । माघ २१ गते बिहान बेहोस भएपछि उनलाई आइसियूमा राखिएको…

विस्तृतमा...

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।  केही समयको प्रयासपछि आगो निभाइएको नोबेल प्रशासनले जानकारी दिएको छ ।

विस्तृतमा...

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गरे । एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उनले बताए । थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उनले भने । खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थालेका थिए । यसअघि दुवै आँखाले प्रस्ष्ट…

विस्तृतमा...

काठमाडौं- काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्चस्तरमा पुगेको छ । विगत केही दिनदेखि बढेको प्रदूषणका कारण उपत्यकामा बसोबास गर्ने मानिसहरू आँखा पोल्ने, नाक चिलाउने, टाउको दुख्ने, घाँटी दुख्ने तथा स्वासप्रश्वासमा समस्या देखिएको गुनासो गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले वायु प्रदूषणको असर कम गर्न अनावश्यक रूपमा बाहिर ननिस्कन, बाहिर निस्कनै परे अनिवार्य रूपमा मास्क लगाउन र चस्मा प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वायु प्रदूषण मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी लगायतका अंगहरूमा गम्भीर असर पार्न सक्छ । साथै, दम, क्यान्सर जस्ता नसर्ने तथा दीर्घ रोगहरूको जोखिम समेत बढ्ने उनले बताएका छन् । वायु…

विस्तृतमा...