काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति पदमा डा. डबल बहादुर धामी नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ४ वैशाखमा भएको निर्णयअनुसार, डा. धामीले स्थायी नियुक्ति नभएसम्म शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्। डा. धामी वर्तमानमा प्रतिष्ठानमा शिक्षाध्यक्ष र सह-प्राध्यापकका रूपमा कार्यरत छन्। उनले सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दन्त शल्यचिकित्सक उपाधि प्राप्त गरेका थिए। त्यसपछि, उनले सन् २०१४ मा नेपालगञ्ज मेडिकल कलेजबाट क्लिनिकल फार्माकोलोजी र थेराप्युटिक्समा एमडी उपाधि हासिल गरेका छन्। डा. धामी विद्यार्थीमैत्री, मृदुभाषी र अनुशासित व्यक्तित्वका रूपमा परिचित छन्। उनका शैक्षिक र व्यवस्थापकीय अनुभवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेशी र…
स्वास्थ्य डायरी
काठमाडौँ- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत एसोसिएट प्रोफेसर डा. सोनिया दुलाललाई हेल्थ भोलन्टियर्स ओभरसिज (एचभीओ)ले ‘गोल्डेन एप्पल अवार्ड’ले सम्मान गरेको छ । अमेरिकाको वासिङ्टन डिसीमा आयोजित एचभीओको २० औं वार्षिक उत्सवमा डा. दुलाललाई सम्मान गरिएको हो । सन् २००६ देखि एचभीओले युवा चिकित्सकहरूको अनुसन्धान र बिरामी उपचारमा योगदानका आधारमा यो अवार्ड प्रदान गर्दै आएको छ । डा. दुलाललाई यो अवार्ड क्यान्सर उपचार र व्यावसायिक विकासमा गरेको योगदानको लागि दिइएको हो। उनले बिपी प्रतिष्ठानमा क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेकी छन् । डा. दुलाल पाँच वर्षदेखि बिपी प्रतिष्ठानमा क्यान्सर विशेषज्ञका रूपमा कार्यरत छिन् । उनी नेपालमा मात्र…
काठमाडौं – नेपाली औषधि उद्योगले आर्थिक वर्ष २०८०/८१ मा ३५ अर्ब २० करोड रुपैयाँको बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा १९ दशमलव ८९ प्रतिशतको उल्लेखनीय वृद्धि गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममार्फत नेपाल औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्षले २०८०/८१ को बिक्रीसम्बन्धी सार्वजनिक गरेकाे तथ्यांकले उक्त वृद्धिदर देखाएको हो । कार्यक्रममा एपोनका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राज भण्डारी, कार्यसमिति सदस्यहरू, एपोन मार्केटिङ सर्कलका पदाधिकारीहरू र औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक तथा एपोनका वरिष्ठ सल्लाहकार राधारमण प्रसाद ज्युको उपस्थिति थियो । उक्त तथ्यांकले नेपाली औषधि उद्योगको निरन्तर वृद्धि र प्रगति प्रदर्शित गरेको छ…
काठमाडौँ – नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूलाई सरकारले आठौँ तहसरहको निर्वाह भत्ता दिनुपर्ने माग गर्दै त्यसको तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। संघको आज बसेको बैठकले हाल आन्दोलनरत आवासीय चिकित्सकहरूलाई निसर्त र सुरक्षित रूपमा पुनः काममा फर्कन सक्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औंल्याएको छ। चिकित्सक संघले आफ्ना मागहरू बेवास्ता भए कार्यदलको कुनै पनि गतिविधिमा सहभागी नहुने चेतावनी दिएको छ। सरकारले निजी मेडिकल कलेजमा स्नातकोत्तर तह (पीजी) अध्ययनरत आवासीय चिकित्सकहरूलाई दिने निर्वाह भत्ताको विषयमा गत वैशाख ३ गते शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यही कार्यदलका संयोजक काफ्लेलाई संघका महासचिव डा. सञ्जिव तिवारीले पत्र…
उदयपुर – उदयपुरको कटारी नगर अस्पताल यस वर्ष पनि देशभरका नगर अस्पतालमध्ये उत्कृष्ट बन्न सफल भएको छ। स्थानीय तह अन्तर्गत सञ्चालित ३३ नगर अस्पतालहरूमध्ये कटारी अस्पतालले सबैभन्दा उच्च अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। स्वास्थ्य मन्त्रालयले तोकेको न्यूनतम सेवा मापदण्डअनुसार प्रदेश सरकारका प्रतिनिधिहरू सम्मिलित टोलीले अनुगमन गरेको थियो। उक्त मूल्याङ्कनमा कटारी नगर अस्पतालले १०० मध्ये ८८ अंक प्राप्त गरेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत पशुपति खनालले जानकारी दिए। उनका अनुसार अघिल्लो ६ महिनाअघि गरिएको मूल्याङ्कनमा अस्पतालले ८३ अंक प्राप्त गरेको थियो। यसपटक सेवा सुधारसँगै ५ अंकले वृद्धि भई ८८ अंक पुगेपछि अस्पताललाई ‘हरियो क्षेत्र’ अर्थात् ग्रीन जोनमा राखिएको…
काठमाडौं – चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी शिक्षण संस्थाका आवासीय चिकित्सक सरह निर्वाह भत्ता उपलब्ध गराउन निजी मेडिकल कलेजलाई निर्देशन दिएको छ । माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौँ बैठकले विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निर्णय भएको दुई महिना बितिसक्दा पनि कार्यावन्यन नभएको भन्दै आवासीय चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका…
काठमाडौं- देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ। एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ।
कैलाली- गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन् । आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ । उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं- तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतले जनाएकाे छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौँ- नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइ उपाधि प्राप्त गर्न सफल भएका छन् । डा. झा एफइएसजीइको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् । इएसजीइबाट पहिलो पटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन् । नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधि पाएका हुन् । डा. झा वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन् । ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ । आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्त्वपूर्ण उपलब्धि ठानेका…

