

काठमाडाैं- छाला केवल सौन्दर्यको विषय मात्र होइन, स्वास्थ्यको पनि आधार हो । यसैलाई मध्यनजर गर्दै बीएण्डबी अस्पतालले छालासम्बन्धी उपचारमा विशिष्टता हासिल गर्दै आएको छ । हाडजोर्नी र मुत्रथैलीको उपचारमा ख्याती कमाएको बीएण्डबी अस्पतालले पछिल्लो समयमा छाला तथा सौन्दर्यको उपचारमा पनि पहिचान निर्माण गरिरहेको छ । अस्पतालमा कार्यरत डाक्टर पारस श्रेष्ठ एक अनुभवी छाला तथा यौन रोग विशेषज्ञ हुन् । उनले विशेषगरी युवायुवतीबीच छालाको महत्वबारे जागरूकता फैलाउने प्रयास गरिरहेका छन् ।
“ध्यान दिनुपर्ने पहिलो कुरा नै छाला हो,” डा. श्रेष्ठ भन्छन् । उनका अनुसार दागरहित र रोगरहित छाला हुनु सबैभन्दा महत्वपूर्ण हो । त्यसका लागि दैनिक छालाको हेरचाह अपरिहार्य छ । विशेषगरी बिहान बेलुका समय निकालेर केवल १५ मिनेट ‘स्किन केयर’मा लगाउने हो भने धेरै समस्या हटाउन सकिन्छ ।
छालालाई जोगाउन सबैभन्दा पहिले सन्स्क्रिमको प्रयोग गर्नुपर्ने डा. श्रेष्ठको सल्लाह छ । “सन्स्क्रिमकेवल घामबाट बचाउने होइन, यसले छालामा चाउरीपना कम गर्न पनि मद्दत गर्छ । साथै, मोइस्चराइजर प्रयोगले छालालाई हाइड्रेट राख्न सहयोग गर्छ,” उनी भन्छन् ।
नेपालको वातावरण स्किन केयरका लागि धेरै हदसम्म उपयुक्त मानिन्छ । यद्यपि केही स्थानमा सुख्खा मौसमले असर गर्ने भएकाले त्यहाँका बासिन्दाले मोइस्चराइजर प्रयोग गर्नुपर्ने सुझाव छ । साथै, प्रशस्त पानी पिउनु र चिसो पानीले अनुहार धुनु पनि छालाको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
क्लिनिकल सौन्दर्यशास्त्र र हाइड्रा फेसियलको भूमिका
बीएण्डबी अस्पताल विभिन्न उपचारका लागि प्रख्यात छ । अर्थोपेडिक्समा एकदमै अगाडी रहेकाे बीएण्डबी क्लिनिकल एस्थेटिक्स(क्लिनिकल सौन्दर्यशास्त्र)मा पनि विशिष्टता हासिल गरिरहेकाे छ । चाउरीपना, झुरी वा दाग देखिन थालेपछि त्यहाँ समयमै उपचार गर्नु महत्वपूर्ण हुन्छ । डा. श्रेष्ठका अनुसार हाइड्रा फेसियल जस्ता प्रक्रिया प्रभावकारी छन् जसले छालालाई फ्रेश र ग्लोइङ बनाउन मद्दत गर्छ ।
यदि युवावस्थामै, विशेषगरी २५ वर्षको आसपासदेखि स्किन केयर सुरु गरियो भने दीर्घकालीन रुपमा छालालाई स्वस्थ राख्न सकिने उनकाे भनाइ छ ।
हेयर ट्रान्सप्लान्ट पनि अगाडि
बीएण्डबी अस्पताल केवल छालाको उपचारमा मात्र होइन, हेयर ट्रान्सप्लान्ट र प्लास्टिक सर्जरी सेवामा पनि अगाडि बढिरहेको छ । ‘इएफटी’ प्रविधिमार्फत हेयर ट्रान्सप्लान्ट गरिन्छ, जसमा शरीरका अन्य भागबाट कपाल निकालेर आवश्यक स्थानमा रोपिन्छ । यसका लागि सेवाग्राहीको स्वास्थ्य अवस्था जाँचिन्छ र उपयुक्त योजना बनाइन्छ ।
नेपालको जलवायु हेयर ट्रान्सप्लान्टका लागि अनुकूल भएकाले डा. श्रेष्ठ नेपाललाई यस क्षेत्रको हबका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्छन् ।
छालाको स्वास्थ्यमा खानपान र जीवनशैलीको सीधा असर पर्ने डा. श्रेष्ठ बताउँछन् । जंक फूडको सेवन घटाएर, नियमित व्यायाम, पर्याप्त निद्रा र ध्यानसाथ छालाको हेरचाह गर्ने हो भने, धेरै समस्याबाट जोगिन सकिन्छ । “हाइड्रा फेसियल र बस्कट जस्ता प्रक्रिया आवश्यक भएका व्यक्तिले गराउँदा आत्मविश्वास नै बढेर जान्छ,” उनी भन्छन्।
बीएण्डबी अस्पतालले छाला, कपाल र सौन्दर्यसम्बन्धी उपचारमा जुन प्राविधिक दक्षता र विशेषज्ञता देखाएको छ त्यो नेपालमै होइन, अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी बन्न सक्ने खालको छ । समर्पित चिकित्सक टोली, अत्याधुनिक प्रविधि र नेपालमै उपलब्ध सुविधाले बीएण्डबी अस्पताललाई स्किन केयरको गन्तव्यका रूपमा उभ्याउँदै लगेको छ ।