स्वास्थ्य डायरी

काठमाडाैं- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली बिहीबार चितवन आएको छ । अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा समेत सहयोग गर्दै छ । नेपाल सरकार र चीन सरकारकाबीचमा यससम्बन्धी सम्झौता भइसकेको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार आज आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागको अध्ययन गर्ने छ । सघन उपचार कक्ष, रेडिएसन अङ्कोलोजी, प्रयोगशाला, मेडिकल अङ्कोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगका बारेमा टोलीले अध्ययन गर्ने छ ।…

विस्तृतमा...

काठमाडौं – तराईका जिल्लामा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै गएको भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गम्भीर प्रकृतिको हो। यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ, तर चिकित्सकका अनुसार यसको जोखिम १५ वर्षमुनिका बालबालिकामा बढी हुन्छ। हाँस, कुखुरा जस्ता चराचुरुंगी वा सुँगुर–बंगुर जस्ता जनावरलाई टोकेपछि लामखुट्टे संक्रमित हुन्छन्, र त्यसपछि ती लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्न सक्छ। विशेष गरी साउनदेखि कात्तिक महिनासम्म देखापर्ने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा भने सर्दैन। यस रोगमा तीव्र टाउको दुखाइ, उच्च ज्वरो, बेहोस हुनु, घाँटी कडिनु, शरीर कम्पन, पक्षघात जस्ता लक्षण देखिन्छन्। समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुनसक्छ। लामखुट्टेको…

विस्तृतमा...

वीरगञ्ज (पर्सा)- जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त छ । कारागारमा सातौँ वा आठौं तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको गत मङ्गलबार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो । जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको बताउनुभयो । वीरगञ्ज कारागारमा स्वदेशी एवं…

विस्तृतमा...

काठमाडौं – अहिले खानपान र जीवनशैलीका कारण मिर्गौला रोगका बिरामी बढ्दै गएका छन् । यस्तो अवस्थामा तपाई हामीले गौलाको अलि बढी हेरचाह गर्नु महत्त्वपूर्ण छ । तपाईलाई भनौं कि मृगौलाले रगतबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने र शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। यस्तो अवस्थामा मिर्गौला स्वस्थ भएन भने यसले सम्पूर्ण शरीरमा नराम्रो प्रभाव पार्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार लिनु जरुरी छ । आउनुहोस, मृगौंला स्वास्थ्य बनाउन केही घरेलु उपायका बारेमा जानकारी लिनुहोस् । जडिबुटीःओरेगानो, अजमोद र सिलेन्ट्रो जस्ता जडिबुटीहरूले खानाको स्वाद मात्र बढाउँदैन,  यिनीहरू मृगौलाका लागि पनि धेरै लाभदायक हुन्छन्। यसमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ,…

विस्तृतमा...

सङ्खुवासभा – यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गु सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गु सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् । स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुन्निने लगायतका लक्षण देखिन्छ ।

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए। यी आधारभूत अस्पतालहरूमा चिकित्सक र उपकरण पुर्‍याउने तयारी भइरहेको उनले बताए। बैठकको प्रश्नोत्तर कार्यक्रममा उनले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको दाबी गरे। कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ। ‘बाहिरबाट भवन उभिएको देख्छौँ।…

विस्तृतमा...

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामा पत्र सार्वजनिक गर्दै डा. कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी पद छोड्ने निर्णय गरेको बताएका छन्। मंगलबार अमेरिका पुगेका उनी अहिले त्यहीँ रहेका छन्। डा. कोइरालाले गंगालाल हृदय केन्द्रमा कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनको रूपमा २५ वर्ष सेवा गरेका थिए। विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ (३० असोज २०८२) अघि केन्द्रमा उपस्थित हुन नसक्ने भन्दै उनले उक्त मितिदेखि राजीनामा स्वीकृत गर्न आग्रह गरेका छन्। ‘हाल म विदेशमा भएकाले…

विस्तृतमा...

काठमाडाैं- एमआरआई र सिटीस्क्यान गर्दा प्रयोग हुने ‘कन्ट्रास मिडिया इन्जेक्सन’को चरम अभाव नेपाली बजारमा देखिन थालेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णयसँगै आयातकर्ताले ल्याएका सामग्री भन्सारमा अड्किएर अभाव सिर्जना भएको हो। यो औषधि औषधि व्यवस्था विभागले अत्यावश्यक औषधिको सूचीमा राखेको स्वास्थ्य सामग्री हो। यसअघि आयात गर्दा ५ प्रतिशत भन्सार महसुल मात्र तिर्ने प्रावधान थियो। तर, आर्थिक विधेयक २०८१ अनुसार भ्याट थपिएपछि समस्या उत्पन्न भएको हो। औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार, अहिले बजारमा केही दिन पुग्ने मात्र स्टक छ। “भन्सारमा अड्किएको सामग्री ल्याउन नसके आगामी एक सातामै बजारमा अभाव हुने…

विस्तृतमा...

काठमाडाैं- जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमश: १७, ४९ र ७४ वर्षका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो। विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। ‘जेइ’ का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ। ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य…

विस्तृतमा...

काठमाडौं – निकै लामो प्रतीक्षापछि चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले मंगलबार पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विक्रमप्रसाद श्रेष्ठ उपकुलपति बनेका छन्। उनी नेपाली कांग्रेसको कोटाबाट उपकुलपति बनेका हुन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेलले उपकुलपतिको जिम्मेवारी पाएका हुन्। पौडेल पाटनमा चलेका चिकित्सक हुन्। उनी एमाले ओली निकट मानिन्छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भरतबहादुर खत्री नियुक्त भएका छन्। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.पुजनकुमार रोकायाले उपकुलपतिको जिम्मेवारी पाएका छन्। बीपी र कर्णाली कांग्रेस, पाटन र पोखरा एमालेको भागमा…

विस्तृतमा...