स्वास्थ्य डायरी

वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकजना कैदीको मंगलबार मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२५ घर भएका राहुल साहको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्। प्रहरीका अनुसार साह तीन वर्षदेखि कर्तव्य ज्यानको मुद्दामा जेल सजाय काट्दै आएका थिए र उनलाई २५ वर्षको फैसला सुनाइएको थियो। मृतक साह अस्पतालमा व्यायाम गरिरहेका बेला अचानक स्वास्थ्य समस्या देखिएको थियो। मृत्यु पछि, साहका आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेका छन्। परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्य अस्पतालमा लैजान…

विस्तृतमा...

काठमाडौं- नेपालमा विशेष गरी वर्षायाममा बढी देखिने जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात मस्तिष्क ज्वरो रोगबाट हुने मृत्यु र जटिलता घटाउन समयमै सचेतना र उपचार अनिवार्य रहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल र डब्लुएचओको सहकार्यमा स्वास्थ्य पत्रकारहरूलाई यो रोगका विषयमा अभिमुखीकरण गराइरहेको छ। अभिमुखीकरण कार्यक्रममा डब्लुएचओका सर्भिल्यान्स अफिसर डा. सोनिया भगतले जेईबाट बच्न खोप आवश्यक रहेको साथै लामखुट्टेको टोकाइबाट जोगिन झुलभित्र सुत्ने, लामो लुगा लगाउने र सरसफाइमा ध्यान दिनुपर्ने बताइन्। डा. भगतले भनिन्, “नेपालमा कात्तिकसम्म यस रोगको प्रकोप बढी देखिन सक्छ। यो रोगको समयमा नै पहिचान गरी स्वास्थ्य संस्थामा उपचार सुरु गर्न सके मृत्युदर र दीर्घकालीन जटिलता कम गर्न…

विस्तृतमा...

काठमाडाैं – डा. गोविन्द केसीले मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकारसँग आग्रह गरेका छन्। उनले सरकारले सिट बढाउने निर्णय गरे विवाद पैदा हुने भन्दै सत्याग्रह सहितको आन्दोलनको चेतावनी पनि दिएका छन्। डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, “मेडिकल शिक्षाको सिट संख्या र शुल्क नबढाउन बारम्बार आग्रह गर्दा पनि सरकार र चिकित्सा शिक्षा आयोगले सुनुवाइ नगरेको खबरले गम्भीर ध्यानाकर्षण भएको छ। हामी एक सिट पनि नबढाउन र शुल्क नबढाउन ओली सरकार र आयोगलाई पुनः सचेत गराउँछौं। अन्यथा सत्याग्रहसहित आन्दोलन गर्न बाध्य हुनेछौं।” उनले प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन र एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित…

विस्तृतमा...

बुलन्दशहर (भारत) — भारतको पश्चिमी उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीया सर्वेशमा अत्यन्तै दुर्लभ प्रकारको गर्भावस्था पत्ता लागेको छ। उनको भ्रूण गर्भाशयमा नभई कलेजोमा विकास भइरहेको पाइएको हो। सर्वेशको अवस्थाले स्थानीयदेखि वरिष्ठ चिकित्सक र अनुसन्धानकर्तासम्मको ध्यान खिचेको छ। सामान्यतया गर्भावस्था गर्भाशयमै विकास हुन्छ, तर सर्वेशको केसमा भ्रूण कलेजोमा टाँसिएको थियो। यस अवस्थालाई इन्ट्राहेपाटिक एक्टोपिक प्रेग्नेन्सी भनिन्छ, जुन संसारभर अत्यन्तै दुर्लभ मानिन्छ। लगातार बान्ता, थकान र पेट दुखाइका कारण सर्वेशले उपचार गराइन्। पहिलो अल्ट्रासाउन्डमा केही देखिएन र पेटको संक्रमणका लागि औषधि दिइयो। तर, एक महिना बित्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गरिएको दोस्रो अल्ट्रासाउन्डमा चिकित्सक चकित परे। भ्रूण कलेजोमा रहेको…

विस्तृतमा...

झापा – झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन्। पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन्। आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माएका मध्ये ६८.७ प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माएको उनले बताइन्। आव २०८०/८१ मा जिल्लामा ७० दशमलव पाँच प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएको कार्यालयको तथ्याङ्क छ। चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट प्रसूति गराउनु उचित हुँदैन। तर, पछिल्लो समय शल्यक्रियाबाट शिशु जन्माउने सङ्ख्या बढेको बढ्यै छ। प्रश्रव पीडा सहन नसक्नु र नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारण शल्यक्रियामार्फत प्रसूति गराउने सङ्ख्या वृद्धि हुनुको मुख्य कारण…

विस्तृतमा...

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन । विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्घाटन गरेका थिए ।सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो । “बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ”, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने । स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन…

विस्तृतमा...

डोटी – डोटीका सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन्। स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो। सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो। डोटी जिल्लाका कुनै पनि स्थानीय तहमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्। डोटीको पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा भवन निर्माणसमेत पूरा हुन सकेको छैन। भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन। डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माण भइरहेको १५ शय्याको…

विस्तृतमा...

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीका एकै परिवारका पाँच जना जंगली च्याउ खाँदा बिरामी भएका छन्। बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुर खड्का, उनकी ६८ वर्षीया पत्नी पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर खड्का र ३८ वर्षीय जंगबहादुर खड्का तथा २४ वर्षीया बुहारी जानुका खड्का रहेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार आइतबार जंगलबाट टिपेर ल्याइएको च्याउ पकाई खाएपछि राति उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। तत्काल उपचारका लागि सबैलाई झापाको दमकस्थित आम्दा अस्पताल लगिएको छ। अस्पतालका चिकित्सकहरूका अनुसार बिरामीमध्ये शेरबहादुर र जानुकाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विस्तृतमा...

बैतडी- बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-४ जोखल्लीका सुरेन्द्र बहादुर रोकायाकी १३ वर्षीया छोरी आरतीको झाडापखालाका कारण मृत्यु भएको हो । बिहान करिब ५ बजेतिर घरमै आरतीको मृत्यु भएको स्थानीय भरत नेगीले जानकारी दिए । झाडापखाला लागे पनि उनलाई स्वास्थ्य चौकी भने लगिएको थिएन। डलासैनी–४ स्थित हाडाकोट स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र बोहराका अनुसार झाडापखालाका कारण उनको मृत्यु भएको हुनसक्ने बताए। यस विषयमा जाँचबुझको लागि स्वास्थ्य संस्थाको टोली मृतक आरतीको घरतर्फ गइरहेको छ । घरका अर्क एक सदस्यलाई पनि यस्तै लक्षण देखिएको जानकारी पाएको स्वास्थ्य चौकी इन्चार्ज बोहराले बताए । महेश्वरी मावि न्वाघरमा कक्षा ८…

विस्तृतमा...

म्याग्दी- म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गाैलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए। “यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उनले भने, “सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउनुभएको छ ।” थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको…

विस्तृतमा...