काठमाडौँ – शिक्षण अस्पताल महाराजगन्जले करार सेवाका लागि ८ जना क्लिनिकल रजिस्ट्रार पदमा दरखास्त आह्वान गरेको छ। अस्पतालले विभिन्न ४ विभागका लागि पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।
अस्पतालले स्क्रिनिङ ओपीडी, युरोलोजी, इमर्जेन्सी र अन्कोलोजी विभागका लागि चिकित्सक माग गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले २०८२ साल साउन २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

सूचना अनुसार २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन्। अस्पतालका अनुसार परीक्षाको किसिम लिखित हुनेछ। परीक्षाको मिति भने सम्पर्क मिति २०८२ भदौ २ गते तोकिनेछ।

थप जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

Last Modified Date: २०८२ श्रावण २३, शुक्रबार







