गण्डकी- गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो। मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा उक्त रोग लागेको पुष्टि…
स्वास्थ्य डायरी
म्याग्दी- प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।” अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय…
काठमाडौँ – विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा.पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको सभापति केशरीले जानकारी दिए । कार्यसमितिको उपसभापतिमा डा.निर्मल भुसाल, सचिवमा डा. निश्चल गुप्ता, कोषाध्यक्षमा डा.मदन भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।यसैगरी समाजको सदस्यहरुमा डा. काजल झा, डा.विशुनदयालप्रसाद पटेल, डा.साधना पराजुली र डा.प्रशन्न नेपाल निर्वाचित भएका छन्। अधिवेशनको शुक्रबार विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा.अर्जुन कार्कीले उद्घाटन गरेका थिए । समाजको स्थापना वि.सं २०६५ मा भएको हो । हाल नेपालमा आयुर्वेदका १८७ जना विशेषज्ञ चिकित्सक…
काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन्। शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘तत्थ्यमा आधारित जनस्वास्थ्यसंग जोडिएका विषयहरुलाई आम जनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनु भएको छ। अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु रहेको छ। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ‘ उनले भने। उनले रोगबारेमा भन्दा पनि रोग लाग्नबाट जोगिने विषयहरुलाई बढी प्राथमिकता…
काठमाडौं- डेंगु संक्रमणका कारण काठमाडौं कालीमाटीका २४ वर्षीया युवतीको मृत्यु भएको छ। अस्पतालका अनुसार यस वर्ष नेपालमा डेंगुबाट मृत्यु भएको यो पहिलो घटना हो। टेकुस्थित अस्पतालमा उपचाररत अन्य चार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए। गत पुषदेखि हालसम्म देशभर डेंगु संक्रमितको संख्या २ हजार ९८४ पुगेको छ। इडिसिडीका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जनामा डेंगु पुष्टि भएको छ भने पछिल्लो एक सातामा १६८ नयाँ संक्रमित थपिएका छन्। हाल डेंगु ७४ जिल्लामा फैलिएको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८८२ संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ५५…
स्याङ्जा- स्याङ्जाको कालिगण्डकी–५, नयाँमिलमा आयोजित स्वास्थ्य शिविरमा झण्डै २ सय जना लाभान्वित भएका छन् । एक दिने शिविरमा स्याङ्जा जिल्लाका र आसपासका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बिएम फाउण्डेशनका संस्थापक एवं रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले बताए । स्थानीय ज्येष्ठ नागरिक दिल बहादुर नेपालीको स्वास्थ्य परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो । बिएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा आयोजित शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। जीएमसी अस्पताल पोखराबाट गएको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।शिविरमा हाड जोर्नी, उच्च…
कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई वर्षमा विषालु सर्पको टोकाइबाट ४३ जनाको ज्यान गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन, करेत लगायतका घातक प्रजातिका सर्पले टोकेका पीडितलाई समयमै अस्पताल पुर्याउन ढिलाइ हुँदा धेरैको मृत्यु भएको हो। कतिपय घटनामा पीडित तुरुन्त स्वास्थ्य संस्थामा नपुगी धामी–झाँक्रीको उपचारमा भर पर्दा पनि ज्यान गुमाएको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा २३ जना, २०८१/८२ मा १७ जना र चालु आर्थिक वर्षको हालसम्म तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। जिल्लागत विवरण अनुसार, सर्पदंशबाट कैलालीमा २४, कञ्चनपुरमा १०, बैतडी र डडेलधुरामा तीन–तीन, तथा डोटी, दार्चुला र अछाममा एक–एक…
ललितपुर- नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ । सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ । ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी…
काठमाडौँ- नेपालमा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिसकेको छ। गएको पुस महिनायता डेंगुका २ हजार ९५२ संक्रमित पुष्टि भएका छन्। पछिल्लो एक सातामै १८० जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै १० जनामा संक्रमण देखिएको छ। प्रदेशगत विवरणअनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ ८७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागमती प्रदेशमा ६१२ र कोशी प्रदेशमा ५१८ जना संक्रमित भेटिएका छन्। पछिल्लो एक साताको तथ्यांक हेर्दा भने बागमती प्रदेशमा सबैभन्दा धेरै ४५ जना नयाँ संक्रमित थपिएका छन्।
काठमाडौं – चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तहमा सीट संख्या वृद्धि गर्ने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको आयोगको २१औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रमाणपत्र तह (पीसीएल) र स्नातक तहका कार्यक्रममा सिट संख्या बढाउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको हो। यसअघि गत असार ३२ गते बसेको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण प्रक्रिया अघि बढाएको थियो। यससँगै एमबीबीएसमा हालसम्म रहेको १०० सिटको सीमा…

