स्वास्थ्य डायरी

काठमाडाैं- आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ । उक्त निर्देशिकाको मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु हो । स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य संवर्द्धनका साथै मातृ शिशु स्वास्थ्य संवर्द्धनका कार्यक्रमसमेत सञ्चालन गर्नु रहेको छ । आयुर्वेद चिकित्सा विज्ञानमा बालबालिकाको सर्वांगीण विकासका लागि स्वर्णविन्दु प्राशनको वर्णन गरिएको छ । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशका रूपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन…

विस्तृतमा...

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा दुई वर्षपछि पुनः डायलाइसिस सेवा सुरु भएको छ। उपकरण र जनशक्तिको अभावका कारण बन्द भएको यो सेवा आइतबारदेखि सञ्चालनमा आएको नर्सिङ निर्देशक सविना थापाले जानकारी दिइन्। डायलाइसिस सेवा पुनः सुरु भएसँगै मृगौला रोगीलाई अब महँगो खर्च र जहाज भाडा तिरेर नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट राहत मिलने भएको छ। प्रतिष्ठानले मुगु खत्याड गाउँपालिका–२ की जीरकला बियारको डायलाइसिस गरेर सेवाको औपचारिक पुनः सुरुवात गरेको छ। उपचारपछि खुसी व्यक्त गर्दै बियारले आर्थिक अभावका कारण राजधानी वा बाहिर जान सक्दिन कि भन्ने डर थियो, तर जुम्लामै सेवा पाउँदा ठूलो राहत भएको बताइन्। प्रतिष्ठानका उपकुलपति डा. पूजनकुमार रोकायाले…

विस्तृतमा...

मध्यबिन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताए । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, उनले भने, “बाँकी तीन जना उपचारपछि घर फर्कनुभएको छ ।” साउन महिनामा मात्र जिल्लामा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको हो । बिरामीमध्ये तीन जना कावासोती नगरपालिकाका छन् । जसमध्ये वडा नं १ की ४४ वर्षीया महिला, वडा नं ३ की ८३ वर्षीया महिला र…

विस्तृतमा...

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय छन् । उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएका छन् । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताए । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उनको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराइतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताए । जनताको सेवा पश्चात् बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ । “जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा…

विस्तृतमा...

बैतडी- जिल्लाको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत एकजना अनमी आफ्नै कोठामा मृत फेला परेकी छन्। मृत्यु हुनेमा २४ वर्षीया भागरथी कुँवर रहेकी छन्। विजयपुरमै घर भए पनि स्वास्थ्यचौकी टाढा भएकाले उनी भाडाको कोठामा बस्दै आएकी थिइन्। आइतबार राति करिब ८ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक कुँवरका श्रीमान नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेको खुलेको छ। उनी गत वैशाख महिनामात्रै विवाहबन्धनमा बाँधिएकी थिइन्। विजयपुर स्वास्थ्यचौकीका प्रमुख रामबहादुर महराका अनुसार अनमी कुँवर आफ्नो काममा सक्रिय थिइन्। तर, अचानक यस्तो घटनामा फेला परेपछि सबै स्तब्ध बनेका छन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका…

विस्तृतमा...

रौतहट- प्रादेशिक अस्पताल गौरमा चिकित्सक र नर्सको आपत्तिजनक गतिविधि देखेर सूचना दिने व्यक्तिमाथि निर्घात कुटपिट भएको घटनाले स्वास्थ्य संस्था भित्रै सुरक्षा र पारदर्शिताको चुनौती उजागर गरेको छ। सत्यम कुमार पाण्डेले चार दिनदेखि आइसियुमा उपचाररत आफ्नो बुबा अशोक कुमार पाण्डेलाई खाना खुवाउने क्रममा आइसियु कक्षमा चिकित्सक र नर्स आपत्तिजनक अवस्थामा देखेको बताए। आइसियु कक्षको ढोका नखुलेको भन्दै निकै बेर कुरेपछि ढोका ढक्ढकाउँदा अँध्यारो कोठाबाट आपत्तिजनक स्थितिमा चिकित्सक र नर्स निस्केको देखेको पाण्डेको भनाइ छ । पाण्डेले यसबारे प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, अस्पताल व्यवस्थापन समिति अध्यक्ष अनवर हासमी र जिल्ला प्रहरी कार्यालय रौतहटका डिउटी हवलदारलाई जानकारी दिएका थिए।…

विस्तृतमा...

रोल्पा – जंगलबाट संकलन गरिएको च्याउ खाएपछि बिरामी परेका एक व्यक्तिको मृत्यु भएको छ। परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया निर्मला वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। निर्मलाका ८१ वर्षीय श्रीमान् भागीराम वली भने सोही अस्पतालमा उपचाररत छन्। दम्पतीले साउन २७ गते बेलुकी स्थानीय जंगलबाट ल्याएको च्याउ तरकारी बनाएर सेवन गरेका थिए। त्यसपछि दुबै जना अस्वस्थ भएका थिए। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर भएपछि उनीहरूलाई साउन २९ गते राति ९ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रसाद शाहीले जानकारी दिए। उनको शव…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको मन्त्रिस्तरीय निर्णयमार्फत उक्त मापदण्ड पारित भएको हो। यस मापदण्डमार्फत नेपालमा निःसन्तान उपचार सेवासम्बन्धी प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा शुक्रकिट र अण्डा दान (डोनर) प्रक्रियालाई थप व्यवस्थित बनाइनेछ। मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले मापदण्डले निःसन्तान उपचार केन्द्रलाई कानुनी आधारमा प्रभावकारी नियमन गर्ने र सेवामा एकरूपता ल्याउने बताए। उनका अनुसार न्यूनतम भौतिक पूर्वाधार, आवश्यक जनशक्ति, प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्क पारदर्शी बनाउने र सेवाग्राही तथा दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले मापदण्ड जारी गरिएको…

विस्तृतमा...

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका १३ जिल्लाका पत्रकारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। यसबारे जानकारी दिंदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रदेशभित्रका सबै पत्रकारलाई स्वास्थ्य बीमामा समेट्ने तयारी भएको बताए। मन्त्री थापाले भने, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ। त्यसैले १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बीमामा समेटेर प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्नेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको छ।” उनका अनुसार पत्रकार स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा रु २० लाखको बजेट विनियोजन गरिएको छ। कार्यविधि तयार भइरहेको र बीमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउन लागिएको उनले जानकारी दिए।…

विस्तृतमा...

सिरहा- प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीनवर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप वढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ । अस्पतालमा हाल १० डायलाइसिस उपकरण मार्फत सेवा दिइँदै आएको छ । अस्पताल प्रमुख डा सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक १० जना बिरामीले सेवा लिइरहेका भए तापनि अन्य कम्तीमा २० जना बिरामी दिनहुँ पालो पर्खिरहेका हुन्छन् । “मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै एकमात्र अस्थायी समाधान हो । तर बिरामीको चापले गर्दा उपचारका क्रममा कोही बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था छ”,…

विस्तृतमा...