काठमाडौं- औषधीलाई नै गुणस्तरहीन भनेर रोक लगाइसकेको अवस्थामा समेत भारतबाट ठूलो परिमाणमा नेपाल भित्र्याई लुकाएर बिक्री भइरहेको तथ्य खुलेको छ । यसले नेपालमा औषधि नियमन प्रणाली कति कमजोर छ भन्ने प्रष्ट पारेको छ । औषधी व्यवस्था विभागका अनुसार सफल स्वास्थ्य सेवा प्रालिले नक्कली आयात अनुमति पत्र तयार गरी ‘भ्लेक्जोन–१ ग्राम’ एन्टिबायोटिक इन्जेक्सन ठूलो परिमाणमा भित्र्याएर अस्पताल र फार्मेसीसम्म आपूर्ति गर्दै आएको प्रमाण भेटिएको हो । उक्त औषधि भारतको ‘भ्यालेन्ट्रोन हेल्थ केयर’ले उत्पादन गरेको हो, जसलाई विभागले गत जेठ २० गते गुणस्तरहीन भन्दै आयात अनुमति खारेज गरिसकेको थियो। खारेज मात्र होइन, कम्पनीलाई आफ्ना पुराना अनुमति पत्र बुझाउन भनिए पनि उनीहरूले त्यसलाई…
स्वास्थ्य डायरी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइंदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए । अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम शुरु हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।आगामी वर्षमा…
नवलपरासी पूर्व- जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पूर्वी नवलपरासीमा एक जनाको मृत्यु भएको छ। यो रोगबाट मध्यविन्दु नगरपालिकाका-१ पतवारीका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। जापानिज इन्सेफलाइटिस संक्रमण भएकी कावासोतीकी ४४ वर्षीय महिला र ५१ वर्षका पुरुष भने उपचारपछि निको भएका छन्। नवलपरासी पूर्वका विभिन्न वडामा जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिएपछि भावित क्षेत्रका १३ जनाको रगत परीक्षण गरिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। त्यसैले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्। अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने लक्षण जापानिज इन्सेफ्लाइटिसका हुन्। चितवनमा पनि जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
काठमाडौं- नेपालमा पहिलो पटक टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन र दुई वटा रिपोर्ट भेन्डिङ मेसिन जडान गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मेसिनको शुभारम्भ गर्दै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। डिजिटल पीसीआर मेसिनले कोभिड, निपा भाइरस, क्यान्सरसम्बन्धी जेनेटिक रोग र अन्य सङ्क्रामक रोग पत्ता लगाउन प्रयोग हुने प्रविधि हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी डा. सन्तोष सुवेदीका अनुसार यो मेसिनले सानो मात्र नमुनामा पनि अत्यन्तै थोरै जीवाणु वा भाइरस पत्ता लगाउन सक्षम छ। भेन्डिङ मेसिनमार्फत सेवाग्राहीले घण्टौँ लाइन बस्न नपरी आफैं रिपोर्ट प्रिन्ट गर्न सक्ने सुविधा उपलब्ध भएको छ। मन्त्रालयले यस प्रविधिको विस्तारले…
चितवन– जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै उहाँले सबैलाई सचेत रहन आग्रह गरेका छन् । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।
काठमाडौँ- चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएस कार्यक्रमका लागि सिट संख्या बढाउने हालैको निर्णयप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले गम्भीर आपत्ति जनाएको छ । समितिले उक्त निर्णयलाई पूर्वाग्रहपूर्ण, अवैज्ञानिक र व्यापारीको दबाबमा गरिएकाे भन्दै तत्काल खारेज गर्न माग गरेको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै आयोगले आफ्नै तथ्यांक, सिफारिस र अध्ययन प्रतिवेदनलाई बेवास्ता गरी हचुवामा गरिएको सिट वृद्धि निर्णयले चिकित्सा शिक्षाको गुणस्तर खस्काउने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “माथेमा प्रतिवेदनले नेपालको सन्दर्भमा प्रती मेडिकल कलेज १०० भन्दा बढी सिट नबढाउन स्पष्ट सिफारिस गरिसकेको छ । तर आयोगले उक्त सिफारिस विपरीत सिट वृद्धि गरेको…
खोटाङ – डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी…
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो । पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । उनले भने, “पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै कुकुर निकै कमजोर देखिएकाले स्लाइनपानी (ग्लुकोज) चढाएर उपचार सुरु गरेका छौँ ।” उनका अनुसार छ महिनादेखि दुई वर्ष उमेर समूहका कुकुरलाई यस भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिने गर्दछ । बाह्य क्षेत्रबाट कुकुरका छाउराछाउरी ल्याउने लैजाने क्रममा पार्वो भाइरस सङ्क्रमण हुने उच्च सम्भावना रहने जनाइएको छ…
काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले डोटीमा सञ्चालन गरेको पदपूर्तिका अन्तर्वार्तामा नर्स र कर्मचारीमाथि अपमानजनक प्रश्न गरिएको खुलासा भएको छ । बयालपाटा अस्पतालमा पदपूर्तिका लागि आन्तरिक प्रतिस्पर्धामा अन्तर्वार्ता लिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीले त्यस्ता प्रश्न साेधेकाे कुरा बाहिर आएको हो। बयालपाटा अस्पतालमा आठ वर्षदेखि कार्यरत एक नर्सलाई अन्तर्वार्ताको क्रममा मन्त्रालयका अधिकृतले “तिम्रा बड्डाले अर्को बिहे गरे के गर्छौ ?” भनेर सोधेका थिए । दुई वर्षको बच्चा लिएर अन्तर्वार्ता दिन गएकी ती नर्स यस प्रश्नले स्तब्ध भइन् । अन्ततः उनको नाम छनोट सूचीमा परेन । अन्तर्वार्ताबाट फर्केपछि ती नर्स र अन्य कर्मचारीहरुले अस्पतालमै रोइबसेका थिए । उनीहरुले भने,…
काठमाडौं- नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले रुबेलामुक्त राष्ट्र घोषणा गरेको छ। डब्ल्यूएचओले सोमबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि जनस्वास्थ्यका रूपमा रहेको रुबेला रोग अब नेपालबाट पूर्ण रूपमा निवारण भएको पुष्टि गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालले हासिल गरेको यो उपलब्धिले शिशुहरूको स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको छ।” विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर योगदान, आम समुदायको स्वास्थ्यप्रतिको चासो र सहयोगकै कारण नेपालले यो सफलता प्राप्त गर्न सकेको उल्लेख गरिएको छ। यससँगै नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ देश बनेको छ। रुबेला, जसलाई ‘जर्मन दादुरा’…

