काठमाडौं– नेपालमा डेङ्गुको सङ्क्रमण तिब्र गतिमा बढिरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेङ्गुको सङ्क्रमण यतिबेला देशका ७४ वटा जिल्लामा फैलिएको छ । पछिल्लो समय मनसून सक्रिय भएर निरन्तर पानी पर्न थालेपछि डेङ्गु सङ्क्रमण बढेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार अहिले देशभरीमा डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या तीन हजार २४७ पुगेको छ । पछिल्लो एक हप्तामा मात्र २ सय ११ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गु सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिले कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५,…
स्वास्थ्य डायरी
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि स्थगित रहेको गेटा मेडिकल कलेजलाई अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि कुनै अवरोध नरहेको र यसलाई राष्ट्रिय आवश्यकताको रूपमा अघि बढाउन सरकार दृढ रहेको स्पष्ट पारे। उनका अनुसार आवश्यक विधेयक संसदबाट पारित गर्ने, भौतिक संरचना निर्माण गर्ने र पदाधिकारी नियुक्त गर्ने काम चरणबद्ध रूपमा अघि बढाइरहेको छ। ‘हाल ६ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु हाम्रो दायित्व हो,’ मन्त्री पौडेलले भने।…
पोखरा – गण्डकी प्रदेश सरकारले मातहतका सबै अस्पतालका पुराना व्यवस्थापन समिति खारेज गरेर नयाँ गठन आदेश जारी गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुराना आदेश अनुसार बनेका समितिहरू विघटन गर्दै अस्पतालको क्षमताअनुसार नयाँ समिति गठन गर्ने व्यवस्था गरेको हो। गण्डकी प्रदेश मातहत हाल १४ आधुनिक अस्पताल र २ आयुर्वेद अस्पताल रहेका छन्। नयाँ आदेशअनुसार १०० शय्याभन्दा बढी, ५० शय्या र २५ शय्याका अस्पतालका लागि छुट्टाछुट्टै व्यवस्थापन समिति गठन हुनेछन्। १०० शय्या वा सोभन्दा बढीको अस्पतालमा अध्यक्ष बन्न स्नातकोत्तर तह उत्तीर्ण र सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिलाई प्रदेश सरकारले मनोनयन गर्नेछ। त्यस्तै ५० शय्याको अस्पतालमा अध्यक्ष बन्न कम्तीमा स्नातक र…
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मौसमी फ्लुका कारण अस्वस्थ भएका छन्। रूघाखोकीसहितको संक्रमण भएपछि उनी अहिले बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बुधबारदेखि कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। बिहीबार पनि उनको कार्यतालिकामा कुनै औपचारिक कार्यक्रम समावेश गरिएको छैन। मौसमी फ्लुका कारण प्रधानमन्त्री बालुवाटारमै आराम गरिरहेहका छन्। उनले अत्यावश्यक बाहेक अन्य भेटघाटका कार्यक्रम स्थगित गरेका छन्।
बैतडी – जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो । यसैबीच, यहाँका स्थानीय तहहरुले पनि…
मुम्बई – अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ को सुटिङ सेटमा फुड प्वाइजनिङ भएपछि करिब १२० जना चालक दलका सदस्यलाई अस्पताल भर्ना गरिएको छ। १७ अगस्टमा लेहमै ६०० जनाका लागि पकाइएका भोजन सेवन गरेपछि धेरै जनाको स्वास्थ्य बिग्रिएको थियो। बिरामी परेकालाई तत्काल नजिकैको अस्पताल लगिएको र खाना परीक्षणका लागि नमुना पठाइसकिएको जिल्ला प्रशासनले जनाएको छ। यस घटनापछि अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआईसीडब्ल्यूए) ले कडा अनुसन्धानको माग गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “१५० कामदारमा खाद्य विषाक्तता हुनु स्तब्ध पार्ने घटना हो। प्रमुख अभिनेता रणवीर सिंहको उपस्थिति र उच्च बजेट भए पनि सुटिङ सेटमा स्वच्छ र सुरक्षित खाना…
कैलाली – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए। प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन्। यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई विज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको जिकिर थियो। ‘स्वर्ण बिन्दु प्राशन’ हाम्रो हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान हो। यसलाई आधुनिक विज्ञान र जनस्वास्थ्यसँग…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरुवात गरेको छ। स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले बुधबार “विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गर्दै यसको सुरुवात गरेका हुन् । निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले सरकार विपन्न नागरिकको स्वास्थ्य उपचारप्रति प्रतिबद्ध रहेको र आफ्नो कार्ययोजना अनुसार बिमा कार्यक्रमलाई थप एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन सक्रिय रहेको बताए । उनले भने, ‘हामीले सार्वजनिक गरेको कार्ययोजना र सुधारका योजना अन्तर्गत रहेर स्वास्थ्य बिमाको सेवालाई थप पहुँचयोग्य र मितव्ययी बनाउन यो निर्णय लिएका हौँ। हाम्रो लक्ष्य छरिएर रहेका स्वास्थ्य सुविधालाई एउटै छातामुनि…
काठमाडौं- सन् २०२५ को हालसम्म जापानिज इन्सेफलाइटिस् (जेई) का कारण नेपालभर ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ६३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जनाको मृत्यु भइसकेको छ। मृतक मध्ये तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक–एक जना तथा चितवनका तीन जना रहेका छन्। उनीहरूमध्ये आठ वर्षका एक, १७ वर्षका एक र बाँकी ४० वर्षभन्दा माथिका नौ जना रहेका छन्। डा. गौतमका अनुसार मृत्यु हुनेमध्ये ३० प्रतिशत घरमै रहेका बेला निधन भएको हो भने २७ प्रतिशत…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन करारमा हस्ताक्षर भएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एक वर्षे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । उनले जनताको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न र परिणाम देखाउन आग्रह गर्दै स्वास्थ्य क्षेत्रको वास्तविक मूल्याङ्कन सरकारी प्रतिवेदनले मात्र नभई सेवाग्राहीको सन्तुष्टिले गर्न परिणामलाई…

