वीरगञ्ज- वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको संक्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा तीव्र गतिमा फैलिएको संक्रमण पछिल्ला दिनमा घट्ने क्रममा देखिएको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये ११ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
गत शुक्रबार साँझ तीन जनामा हैजा देखिएकोमा बिहीबार साँझ ५ बजेसम्मको परीक्षण परिणामअनुसार यो संख्या बढेर १४३ पुगेको छ । तर, उपचाररत बिरामीको संख्या भने घट्दै गएको स्वास्थ्य शाखाले जनाएको छ ।

Last Modified Date: २०८२ भाद्र १३, शुक्रबार








