सुनसरी – चार दिनमै तीन कैदीको मृत्यु भएपछि झुम्का कारागारमा स्वास्थ्य संकट गहिरिएको छ। कारागारमा फैलिएको रोग परीक्षण गर्दा स्क्रब टाइफस, डेंगी र इन्फ्लुन्जा पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिएका छन्। बुधबार कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरी ६३ जनाको रगत परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार तीन रोगकै संक्रमण भेटिएको हो। यस्तै, केहीमा जापानिज इन्सेफ्लाइटिसको आशंका रहे पनि नतिजा आउन बाँकी छ। जेलर सुवासकुमार लामिछानेका अनुसार सुरुमा भाइरल ज्वरोको शंका गरिए पनि अहिले देखिएका रोगअनुसार उपचारको तयारी भइरहेको छ। १६ सय क्षमताको झुम्का कारागारमा हाल १ हजार ७९८…
स्वास्थ्य डायरी
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्यको जनशक्ति उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “गुणस्तरीयता कायम गरेर जनशक्ति बढाउन सकिन्छ भने त्यसलाई बढाउनुपर्छ, नियन्त्रण गर्नुहुँदैन। जनशक्तिविहीन स्वास्थ्य संस्थाले त सेवा दिन सक्दैन।” शनिबार एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)को २७औँ वार्षिक दिवस कार्यक्रममा मन्त्री पौडेलले नेपालमा काम गर्ने स्वास्थ्यकर्मी पर्याप्त नभएको बताए। त्यसैले स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव कम गर्न आवश्यक रहेको उनको तर्क थियो। उनले स्पष्ट पार्दै भने, “नेपालमा जनशक्ति पुग्यो भन्ने कुरा होईन।” सरकारी र निजी दुवै संस्थालाई आम्दानी आवश्यक पर्ने भएकाले सरकारले निजी क्षेत्रमा थोरै लगानी गर्न सक्ने अवस्था नभएको उनले…
नेपालगञ्ज- नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क उपलब्ध गराइने भएको छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। मस्तिष्कघातको लक्षण देखिएलगत्तै साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके उपचारको सम्भावना उच्च हुने उनको भनाइ छ। हाल एक भायल अल्टेप्लेज इन्जेक्सनको मूल्य करिब एक लाख रुपैयाँ पर्छ, जसलाई सबै बिरामीले खरिद गर्न सक्दैनन्। यसैले अस्पतालमा निःशुल्क उपलब्ध गराउँदा विपन्न तथा सिमान्तकृत वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ। पहिलो चरणमा भेरी अस्पतालमा २० भायल उपलब्ध भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिएका…
भक्तपुर- सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए । यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा.श्रेष्ठले जानकारी दिए । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम…
काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ। केन्द्रले अहिलेसम्म १३०० जनाभन्दा बढीमा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको थियो। सबै प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको केन्द्रले जनाएको छ। केन्द्रले देशभरिका बिरामीहरूलाई जीवनको दोस्रो अवसर दिने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। विभिन्न जिल्लाका बिरामीहरूले आफ्ना परिवारका सदस्य वा आफन्तबाट मिर्गौला पाई सामान्य जीवन फर्काएका छन्। उनीहरूले प्रत्यारोपणपछि घरको काम, खेतीकिसानी, हल्का व्यापार र दैनिक गतिविधि सहज रूपमा गर्न सक्षम भएका छन्। हेरौं प्रत्यारोपणपछि नयाँ जीवन पाएकाहरुको…
काठमाडौँ- स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आगामी १ कात्तिकदेखि ८ प्रकारका कडा रोगको उपचार सुविधा पाउने भएका छन्। साथै, विपन्न नागरिकका लागि एकीकृत सुविधा पनि त्यही दिनदेखि लागू हुने भएको छ। स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसैका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएका सबै उपचार सुविधा अब स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध हुनेछन्। यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र पाउने भएकाले हाल उपचार गराइरहेका वा नयाँ उपचार लिन चाहने सबै विपन्न नागरिकले असोज…
विराटनगर – सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य संकटलाई नियन्त्रणमा लिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ। सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले तत्काल कदम चालेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा यसलाई भाइरल सङ्क्रमण भएको आशंका गरिएको छ। भदौ १८ गते साँझ कारागारमा कैदीहरूमा देखिएको समस्या बारे जानकारी पाएलगत्तै प्रतिष्ठानका निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिन/जनरल प्राक्टिस, एनेस्थेसियोलोजीसहित विभिन्न विभागका चिकित्सक, नर्स र प्राविधिक मिलाएर ९ सदस्यीय टोली खटाइएको सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्तिमार्फत जनाएका छन्। टोलीले स्थलगत अवलोकन, जाँचपड्ताल र उपचार सुरु गरिसकेको छ। झण्डै १ हजार…
महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो भेटिएपछि ७० भन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार हिजो दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि ती बालकले खाजा खान अस्वीकार गर्दै घर फर्केर अभिभावकलाई जानकारी दिएका थिए। त्यसपछि खाजा खाएका अन्य विद्यार्थीहरूमा समेत वाकवाकी र असहजता देखिएपछि उनीहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको हो। अस्पतालका चिकित्सकहरूले विद्यार्थीहरूमा गम्भीर स्वास्थ्य समस्या नदेखिएको स्पष्ट पारेका छन्। तर सतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको जनाइएको छ। कतिपय विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने केही अझै चिकित्सकको निगरानीमा अस्पतालमै राखिएका छन्। पिपरा गाउँपालिकाका अध्यक्ष…
नेपालगञ्ज – बाँकेमा जापानीज इन्सेफलाइटिसका कारण एक बालकको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार नरैनापुर गाउँपालिका–४ निवासी ८ वर्षीय हशमुद्दीन खानको उपचारका क्रममा मृत्यु भएको हो। हालसम्म जिल्लामा चार जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ। मृतक बाहेक अन्य तीनमध्ये डुडुवा गाउँपालिका–२ का ६ वर्षीय गणेश गोडिया र नरैनापुर–४ का ३ महिनाका बालक मोहम्मद फैजान खान उपचारपछि निको भएर घर फर्किएका छन्। त्यसैगरी, कोहलपुर नगरपालिका–१२ की ७ वर्षीया बालिका आश्मा वारलाई यहाँ उपचार सम्भव नभएकाले काठमाडौं पठाइएको छ। हाल उनी कान्ति बाल अस्पताल, काठमाडौंमा उपचाररत रहेको स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी दिइन्। पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा जापानीज इन्सेफलाइटिसका…
जनकपुरधाम – महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित श्रीआदर्श उच्च माविका सयभन्दा बढी विद्यार्थी बिहीबार दिवा खाजा खाएपछि बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ। विद्यालय प्रशासनका अनुसार खाजा खाने क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो भेटिएको थियो। त्यसपछि केही विद्यार्थीमा सामान्य स्वास्थ्य समस्या देखिएपछि सबैलाई सुरक्षाका लागि तत्कालै अस्पताल पुर्याइएको जनाइएको छ। विद्यार्थीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गरिरहेका छन्। अस्पतालका डा. रमेश यादवका अनुसार हालसम्म कुनै गम्भीर समस्या नदेखिएको भए पनि विद्यार्थीलाई रातभर निगरानीमा राखिनेछ। यता, पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको जानकारी आफूले पाएको तर घटनाको वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए। उनले भने, “विद्यार्थीहरू खाजा खाएपछि अस्वस्थ…

