स्वास्थ्य डायरी

काठमाडौं- पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ । अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुलीले भने, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरेको, फ्राइ गर्ने कराइ अत्यन्त पूरानो रहेको, आगोजन्य जोखिम न्युनीकरणका उपकरणहरुको व्यवस्था नभएको देखियो…

विस्तृतमा...

काठमाडौँ- विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधी व्यवसायी संघले सोमबार औषधी व्यवस्था विभाग अगाडि प्रदर्शन गरेको छ। औषधि ऐन, २०३५ अन्तर्गतको एक उपदफाले व्यवसायीको दर्ता तथा नवीकरण प्रक्रियामा अन्यायपूर्ण अवरोध सिर्जना गरेको भन्दै उनीहरूले तीव्र आपत्ति जनाएका हुन्। व्यवसायीहरूले केही दिनअघि आएको नेपाल संशोधन ऐन २०८२ मा पसल दर्ता तथा नवीकरणसम्बन्धी गरिएको व्यवस्थाले आफ्नो ध्यान गम्भीर रूपमा खिचेको बताउँदै पुनः विभागलाई औपचारिक ध्यानाकर्षण गराएका छन्। उनका अनुसार, औषधि ऐन, २०३५ ले देशभर औषधि उत्पादन, वितरण र नियन्त्रणका लागि कानुनी आधार प्रदान गरे पनि उक्त ऐनको दफा ११ मा २०५७ मंसिर १४ मा थप गरिएको उपदफाले “स्वतः रद्द हुने” जस्तो व्यवहारसम्म…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवम् सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न आम सर्वसाधारणसँग अनुरोध गरेकी छन् । वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दो सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोतसाधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन सबैसँग अनुरोध गरिन् । मन्त्री डा. गौतमले भनिन्– ‘सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन । निर्धक्क भएर उपचार गर्नोस् । अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस् ।’ ‘वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ । परामर्श सेवामा कमजोर रहेछौँ । ‘नर्स’…

विस्तृतमा...

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा सञ्चालनमा रहेको नसिब फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद भएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त टोलीले फार्मेसी सञ्चालक ५० वर्षीय नसिब नारायण चौधरी र उनकी २४ वर्षीया श्रीमती सम्झना चौधरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, ट्रामाडोल लगायत नियमन बाहिरका प्रतिबन्धित औषधि बिक्री–वितरण गर्दै आएको गोप्य सूचनाको आधारमा कारबाही गरिएको हो। खानतलासीको क्रममा सम्झना चौधरीले घरको छतबाट दुई बोरा झोलासहित फाल्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। ती बोरा चेकजाँच गर्दा ट्रामाडोलका १९,८०० क्याप्सुल फेला परेका छन्। साथै, कोठाभित्रको टेबलमा रहेको ४,००० ट्याब्लेट पनि…

विस्तृतमा...

काठमाडौं- नेपाल निजामती कर्मचारी अस्पतालले १०औं तहका कन्सल्ट्यान्टदेखि ६औं तहका अधिकृतसम्मका कर्मचारी करार सेवाका लागि माग गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार अस्पतालले विभिन्न तहका गरी ३२ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो। अस्पतालले १०औं, ९औं, ८औं, ७औं र ६औं तहका पदहरूमा करार सेवाका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको जनाएको छ। इच्छुक उम्मेदवारले १५ मंसिरभित्र आवेदन बुझाउनुपर्ने अस्पतालले जानकारी दिएको छ।

विस्तृतमा...

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वीर अस्पतालको सेवा अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। सोमबार वीर अस्पतालको निरीक्षणपछि उनले अस्पतालले निजी क्षेत्रभन्दा पनि प्रभावकारी सेवा दिइरहेको उल्लेख गर्दै सेवाको गुणस्तर अझ उकास्न सरकार सदैव सहयोगी हुने बताइन्। मन्त्री गौतमले अस्पतालमा आउने बिरामीहरूको केही गुनासा अझै रहने भएकाले ती समस्याहरूलाई शीघ्र समाधान गर्दै सेवा सुधारमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिइन्। साथै उपचारका लागि आवश्यक सामानहरू समयमा नै खरिद गर्नुपर्नेमा पनि उनले विशेष जोर दिइन्। दरबन्दीसम्बन्धी समस्या समेत समाधान गरिने बताउँदै उनले यस विषयमा मन्त्रालय गम्भीर भएको उल्लेख गरिन्। निरीक्षणका क्रममा वीर…

विस्तृतमा...

विराटनगर- कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन भन्ने सोचेकै थिइनन् । अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भनिन्,“सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाया, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्तिनै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ ।” त्यस्तैगरी, सोही अस्पतालको ओपिडीमै भेटिएका २१ वर्षीय युमेस गिरी औषधि पसलेले चिसोको कारणले दुखेको भनि दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताउछन् । उनी भन्छन्,“बिहान उठ्दा धाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल…

विस्तृतमा...

कर्णाली- कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ । सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताए । सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विशेषज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाए । उनले भने, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग केन्द्रको अनुगमन गर्दै संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएकी छिन्। हिजाे गरिएको निरीक्षणका क्रममा मन्त्री शर्माले केन्द्रलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न आवश्यक पर्ने चुस्त–दुरुस्त संगठनात्मक संरचना तथा दरबन्दीका लागि आवश्यक टेरिज स्वीकृत गर्ने आश्वासन दिइन्। उनले आयुर्वेद, पंचकर्म र योग सेवा विस्तारमा आत्मनिर्भरता र दिगोपनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। निरीक्षणपछि मन्त्री शर्माले केन्द्रको विकास, सेवा विस्तार तथा उपयोगका सम्भावनाबारे सम्बन्धित अधिकारीहरूसँग छलफलसमेत गरेकी छिन्। उनले आधुनिक स्वास्थ्य सेवासँगै परम्परागत उपचार पद्धतिलाई सशक्त र व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध…

विस्तृतमा...

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस मनाइँदैछ। “आजै देखि लागौँ पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” भन्ने नारासहित मनाइने यो दिवस विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को ७८औँ महासभाले १७ नोभेम्बरलाई आधिकारिक रूपमा विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस घोषणा गरेपछि विश्वभर मनाइँदै आएको हो। नेपालमा भने यो दिवस पहिलोपटक औपचारिक रूपमा मनाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो दिवसले पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ, उपचार र निवारणका लागि सबै सरोकारवालालाई अहिले नै आवश्यक कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। नेपालमा महिलाहरूमा देखा पर्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख मानिन्छ भने महिलाको क्यान्सरजन्य मृत्युमध्ये यो पहिलो कारणको रूपमा देखिएको…

विस्तृतमा...