
काठमाडौं- नेपाल निजामती कर्मचारी अस्पतालले १०औं तहका कन्सल्ट्यान्टदेखि ६औं तहका अधिकृतसम्मका कर्मचारी करार सेवाका लागि माग गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार अस्पतालले विभिन्न तहका गरी ३२ जना कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको हो।
अस्पतालले १०औं, ९औं, ८औं, ७औं र ६औं तहका पदहरूमा करार सेवाका लागि योग्य उम्मेदवारबाट दरखास्त माग गरेको जनाएको छ। इच्छुक उम्मेदवारले १५ मंसिरभित्र आवेदन बुझाउनुपर्ने अस्पतालले जानकारी दिएको छ।



