काठमाडौँ- ग्राण्डी इन्टरनेशनल अस्पताललाई आर्थिक वर्ष २०८१/८२ मा टोखा नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेको अस्पतालका रूपमा सम्मानित गरिएको छ। नगरको विकास तथा निर्माणमा पुर्याएको योगदानको उच्च कदर गर्दै टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा अस्पताललाई विशेष सम्मान प्रदान गरेको हो।
अस्पतालले प्राप्त गरेको यस सम्मानले संस्था र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाएको बताइएको छ। ग्राण्डी इन्टरनेशनल अस्पतालले समुदायप्रति आफ्नो उत्तरदायित्व निरन्तर सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
अस्पतालका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सरकारी निकायहरूसँग सहकार्य बढाउँदै समुदाय विकासमा योगदान जारी राख्ने योजनालाई अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।

Last Modified Date: २०८२ मंसिर १८, बिहीबार









