पर्सा -सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सार्यो । योजनामा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ श्यया क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्रै सम्पन्न हुने गरी बनाउने घोषणा गरिएको थियो । घोषणाअनुसार पर्सा जिल्लामा चार आधारभूत अस्पताल निर्माण हुनुपर्नेमा अहिलेसम्म भने एउटा अस्पताल मात्रै सञ्चालनमा आएको छ । बाँकी तीन आधारभूत अस्पतालको निर्माण कहिले सकिने अझैसम्म पनि टुङ्गो लागेको छैन । पटेर्वा सुगौली गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने यहाँको ठोरी गाउँपालिकामा निर्माणाधीन १५ श्ययाको अस्पताल निर्माण अझैसम्म पूरा भएको छैन । ठोरी गाउँपालिकाका…
स्वास्थ्य डायरी
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढीबाट हराएको सामान अझै कार्यालयमा फिर्ता भइसकेको छैन। गत भदौ २३ सम्म केन्द्रका कार्यालय प्रमुख रहेका हेमराज खड्काले २४ प्रकारका ३१ मध्ये ३० सामान अझै बुझाएका छैनन्। केन्द्रले उपलब्ध गराएको जिन्सी विवरण अनुसार, एक थान स्कारपियो जिपदेखि ल्यापटप, कम्प्युटर, एसी, प्रोजेक्टर, फ्रिज, ट्रेडमिल, क्रस ट्रेनरलगायतका उपकरण खरिद भइसके पनि कार्यालयमा फेला नपरेको उल्लेख छ। अहिले स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत खड्काले स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्कारपियो जिपसहित अधिकांश सामग्री तीन महिनादेखि फिर्ता गरेका छैनन्। खड्काले मंसिर २१ गते आइतबार सबै सामान बुझाउने आश्वासन दिए पनि उनले केवल एक थान ट्रेडमिल…
काठमाडौँ – सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । केन्द्रकी निर्देशक डा.राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन् । उनले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताइन् । निर्देशक डा.थपलियाले भनिन्,“पछिल्लो समय सबै वर्गमा तनाव थपिएको छ । त्यसैले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान दिने उद्देश्यसहित अभियान सुरु गर्दैछौँ । मानसिक स्वास्थ्यबारे सबैले खुलेर कुरा गरौँ । अभियानबाट लाभान्वित होऔँ…
बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–४, रिला क्षेत्रमा भाइरल ज्वरोको प्रकोप तीव्र बन्दै गएको छ। करिब १८० घरपरिवारमा ज्वरोका बिरामी देखिनुका साथै चिसो बढेसँगै संक्रमितको संख्या दिनदिनै बढ्दै गएको स्थानीयले बताएका छन्। घर–घरमा भाइरल संक्रमण फैलिँदा पाथरकोट आधारभूत विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। कक्षा ५ मा अध्ययनरत आरती कुमारी परीका अनुसार केही दिनदेखि रुघाखोकी, टाउको दुखाइ, ज्वरो र उल्टीजस्ता लक्षण देखिरहेका छन्। बिरामी भए पनि पढाइ छुट्ने डरले विद्यालय आएकी आरतीले कक्षामा बस्नसमेत कठिनाइ हुने बताइन्। गाउँमा पछिल्ला एक महिनादेखि धेरैजना बिरामी परिरहेका छन्, जसको प्रत्यक्ष असर विद्यालयको कक्षा उपस्थिति दरमा परेको शिक्षक कमल नाथले जानकारी दिए। उनका अनुसार विद्यालयमा…
झापा- स्वास्थ्य उपकरण आएर १२ वर्ष बितेपछि प्रादेशिक अस्पताल भद्रपुरले अन्ततः नवजात सघन हेरचाह इकाई (एनआइसीयू) सेवा सञ्चालनमा ल्याएको छ । सेवा सुरू भएपछि प्रसूति गराउन आउने गरिब तथा विपन्न परिवारलाई निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ। चार बेड क्षमता भएको एनआइसीयू सुरु गर्नुअघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले सोमबार बिहान विशेष पूजापाठ गरेका थिए। त्यसपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा सेवा कक्षको उद्घाटन गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमै दुई चरणमा आवश्यक उपकरण उपलब्ध गराए पनि जनशक्ति अभावका कारण एनआइसीयू सञ्चालनमा आउन…
तनहुँ- म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ । यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने छ । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य…
काठमाडौँ- सरोकारवाला संस्थाहरुले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । साेमबार आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठक बसेको थियो । कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग सङ्घर्ष/लडाईँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोईराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न…
पर्सा – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् । मन्त्री गौतमले साेमबार यहाँस्थित नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि सङ्घीय सरकारले प्राथमिकतामा राखेको बताएकी हुन् । “अस्पताल भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरी निर्माणमा देखिएको जटिलता फुकाउने प्रयास गर्नेछौँ,” उनले भनिन्, “अस्पताल भवन निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनको आवश्यक प्रक्रिया टुङ्गो लगाएर आगामी आवको बजेटमा बजेट राखेर आवश्यक प्रक्रिया अघि बढाउनेछौँ ।” मन्त्री गौतमले नारायणी अस्पतालको संरचनालाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने आवश्यता भएकाले पनि…
झापा- झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए । ‘उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,’ उनले भने, ‘तर, मृत्युदर भने बढेको छ ।’ चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट…
काठमाडौं – पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगु संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अनुसार, अघिल्लो साता तुलना गर्दा यस साता संक्रमितको संख्या लगभग दोब्बर वृद्धि भएको छ। यससँगै नेपालमा हालसम्म डेंगु संक्रमितको कुल संख्या ८,२६२ पुगेको छ। प्रदेश अनुसार विवरण हेर्दा, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। एकै साता ७२ जना नयाँ संक्रमित थपिँदा गण्डकीमा कुल २,१४५ जना संक्रमित पुगेका छन्। त्यसैगरी, बागमतीमा २,१३२, लुम्बिनीमा १,३४६, कोशीमा १,०३६, सुदूरपश्चिममा ८६२, कर्णालीमा ५३०, र मधेशमा २११ जना संक्रमित भएको EDCD ले जनाएको छ। चिकित्सकहरूका अनुसार, जलवायु परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्रहरू पनि कीटजन्य रोगका…

