स्याङ्जा- पुतलीबजार नगरपालिकाले अब नगरपालिकामा आउने हरेक सेवाग्राहीलाई मधुमेह (सुगर) र रक्तचाप (ब्लड–प्रेसर) परीक्षण सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ। नगरपालिका परिसरमै स्थापित गरिएको यो सेवा नियमित रूपमा संचालन हुने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिएका छन्। उनका अनुसार अब नगरपालिकाको सेवा लिन आउने सर्वसाधारणसँगै जनप्रतिनिधि तथा कर्मचारीले पनि आफ्नो मधुमेह र रक्तचापको अवस्थाबारे तत्कालै स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएर नगरपालिकाले स्वास्थ्य सचेतना तथा जोखिम पहिचानलाई प्राथमिकतामा राखेको उनले बताए। सेवा शुभारम्भका दिन स्वास्थ्य शाखाका कर्मचारीले सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिहरूको सुगर तथा रक्तचाप जाँच गरी आवश्यक परामर्श र स्वास्थ्य सुझाव दिएका थिए। स्वास्थ्य परीक्षण कार्यक्रमलाई स्वास्थ्य शाखा…
स्वास्थ्य डायरी
डडेल्धुरा- डडेल्धुरा अस्पतालले मंसिर १५ मा प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन स्थगित गरेको छ। छनोट प्रक्रिया विवादित बनेपछि अस्पताल विकास समितिले नयाँ सूचना जारी गर्दै सो विज्ञापन रोकिएको जानकारी दिएको हो। समितिले स्थगित गर्ने कारण ‘प्राविधिक समस्या’ भन्दै औपचारिक रूपमा सार्वजनिक गरे पनि अस्पतालले राजनीतिक दबाब थेग्न नसकेर विज्ञापन रोकेको स्रोतले बताएको छ। विभिन्न राजनीतिक दल तथा सरोकारवाला निकायको चासो बढेपछि अस्पताल व्यवस्थापन तनावमा परेको थियो। अन्तर्वार्तामार्फत मात्र कर्मचारी छनोट गर्ने अस्पतालको निर्णयप्रति नेपाली कांग्रेस (बीपी) असन्तुष्ट रहँदै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालामार्फत अस्पताललाई ध्यानाकर्षण गराएको थियो। सोही विषयमा व्यापक आलोचना बढ्दै गएपछि अस्पतालले चयन प्रकृयालाई लिएर पुनर्विचार गर्ने…
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरूलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् ।आधारभूत सेवाहरू स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भए पनि जानेर वा नजानेर ठुला अस्पतालमा आउने गरेको उनको भनाइ छ । ठुला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभूत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भिड बढ्ने गरेको उनले बताइन् । अस्पतालमा हुने भिडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाइ छ । उनले आम नागरिक…
काठमाडाैँ- अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उहाँले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताउनु भयो । काफ्लेकाअनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताए । उनकाअनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि…
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्। बुधबार आयोजित स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ नामक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताएकी हुन्। उनले भनिन, ‘अहिले हामीले के गरिरहेका छौ भने त्यसलाई यो प्राथमिकताको विषय हो भनेर स्थापित गर्यौ। अहिले आएर कसैले पनि मानसिक स्वास्थको गहनता यसको आवश्यकता नबुझेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोही छैन। र अन्य साझेदारी निकायमा पनि पून यसले प्राथमिकता स्थापित गर्ने मौका पाएको छ।’ मन्त्री गौतमले मानसिक स्वास्थ्यका नीति तथा रणनीतिहरू विगतदेखि नै रहे पनि त्यसको कार्यान्वयन गति…
दाङ- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न योग्य र इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो। सूचनामा उल्लेख अनुसार योग्यता पुगेकाले आजदेखि एक साताभित्र दरखास्त दिन सक्नेछन्। निर्धारित मापदण्ड पूरा गर्ने उमेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरिएको प्रतिष्ठानले जनाएको छ।
पोखरा- पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन औपचारिक रूपमा सुरु भएको छ। पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालयको जग्गामा महानगरले १०० श्यायाको जलन तथा विशेषज्ञ अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो। यस महत्वाकांक्षी योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने भएको छ। सम्भाव्यता अध्ययनका लागि कोइकाको प्राविधिक टोली पोखरा आइपुगेको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विशेषज्ञहरू पोखरामा नै बसेर अस्पताल निर्माणसम्बन्धी आवश्यक परामर्श र अध्ययन गरिरहेका छन्। महानगर प्रमुख आचार्यले भने, “पोखरामा विशिष्टीकृत बर्न हस्पिटल बन्ने कुरा अब निश्चित भइसकेको छ। अस्पताल…
काठमाडाैं- बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ । डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ । नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण…
चितवन – गत २४ घण्टामा चितवनमा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। खैरहनी नगरपालिकामा २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ४३५ पुगेको छ। हालसम्म ६ हजार ३४३ जनाको परीक्षण हुँदा ४३५ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म भरतपुर महानगरपालिकामा ३०, खैरहनी नगरपालिकामा ७८, माडीमा ५, रत्ननगरमा १३१, राप्तीमा ४६, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जना संक्रमित भेटिएका छन्।
डडेल्धुरा- नेपाली कांग्रेस (विपी) जिल्ला कार्य समिति डडेल्धुराले डडेल्धुरा अस्पतालमा कर्मचारी भर्ना प्रक्रियामा पुनः राजनीतिक हस्तक्षेप र अनियमितता हुन सक्ने आशंका व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। मंसिर १५ गते अस्पतालले विभिन्न पदका लागि विज्ञापन सार्वजनिक गरेपछि फेरि दलका कार्यकर्ता भर्ती र आर्थिक चलखेल हुने हो कि भन्ने गम्भीर शंका उठेको भन्दै पार्टीले आपत्ति जनाएको हो। ज्ञापन पत्रमा भनिएको छ, “डडेल्धुरा अस्पताल डडेल्धुराको मात्रै नभई सुदुरपश्चिमको प्रमुख स्वास्थ्य संस्था हो। तर विगतका वर्षहरूमा अस्पतालभित्र व्यापक भ्रष्टाचार, कर्मचारी भर्नामा राजनीतिक हस्तक्षेप र बदनियतपूर्ण गतिविधिले अस्पतालमाथि नागरिकको भरोसा कमजोर बनाएको छ।” कांग्रेस (विपी) ले अस्पतालको इतिहास, पार्टी तथा समाजका…

