काठमाडौं – जाडो महिनामा प्रायः मानिसका ओठ सुख्खा देखिन्छ। ध्यान नदिँदा ओठ चिरिन थाल्छ, पपडी जम्छ र कहिलेकाहीँ रगत समेत आउन सक्छ। प्रायः यो समस्या शरीरमा पानीको कमी, मौसम परिवर्तन वा ओठ चाट्ने बानीका कारण हुन्छ। तर कहिलेकाहीँ यसले संक्रमण, एलर्जी वा गम्भीर अवस्थामा ओठको क्यान्सरको संकेत दिन सक्छ।
पञ्चमुखी अस्पतालका डाक्टर मुकेशका अनुसार, कहिलेकाहीँ ओठमा पपडी जम्नु भिटामिनको कमीका कारण पनि हुन सक्छ। त्यसैले बारम्बार होठ सुकेको वा पपडी लगातार जमिरहेको भए यसलाई बेवास्ता नगरी डाक्टरसँग जाँच गर्नु आवश्यक हुन्छ।
ओठको क्यान्सर: लक्षण र कारण
ओठको क्यान्सर असामान्य कोशिकाहरूको अनियन्त्रित वृद्धि भएर हुने रोग हो। प्रायः यो रोग ओठको तल्लो भागमा घाउ वा गाँठ बन्ने गरी देखिन्छ र आफैं निको हुँदैन। प्रारम्भिक अवस्थामा निम्न लक्षण देखिन सक्छ:
-ओठमा घाउ वा गाँठ हुनु
-ओठमा रातो ड्याब्बा देखिनु
-ओठमा मोटा पपडी जम्नु
क्यान्सर हुनुअघि प्रायः ओठमा पपडी जम्ने, रंग परिवर्तन हुने र गाँठ बन्ने संकेत देखिन्छ।
ओठको क्यान्सर कसरी हुन्छ ?
विशेषज्ञका अनुसार, ओठमा पपडी जम्ने वा संक्रमणलाई बेवास्ता गर्दा क्यान्सरको जोखिम बढ्छ।
मुख्य कारणहरू:
-धूम्रपान गर्नु
-तम्बाकू सेवन गर्नु
-लामो समय सूर्यको प्रत्यक्ष प्रकाशमा बस्नु
-मदिरा सेवन गर्नु
-रासायनिक पदार्थयुक्त उत्पादनको प्रयोग
उपचार र सचेतना
ओठको क्यान्सर समयमै पहिचान र उपचार गरियो भने निको हुन सक्ने रोग हो। सर्जरी र रेडिएशन थेरापीमार्फत उपचार सम्भव छ।
डाक्टरहरूले जाडोमा ओठ सुख्खा हुनु वा पपडी जमेको देखिँदा यसलाई हल्का रूपमा नलिनुहोस् र आवश्यक परे जाँच गर्न शेषज्ञ डाक्टरले सल्लाह दिएका छन्।







