काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गरेको जनाइएको छ।
डा. रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा उल्लेखनीय काम भएको थियो।
उनको राजीनामापछि सेन्टरको नेतृत्व व्यवस्थापनसम्बन्धी विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
हालसम्म डा. रिजालको राजीनामा स्वीकृत भएको तथा नयाँ मेडिकल प्रमुख सुपरिटेन्डेन्ट नियुक्ति सम्बन्धी औपचारिक निर्णय भने सम्बन्धित निकायबाट आउन बाँकी रहेको छ।
Last Modified Date: २०८२ पुष ३, बिहीबार









