काठमाडौँ- संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न देशहरूले सुरक्षित गर्भपतनको निरअपराधीकरण, प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा, बृहत् यौनिक शिक्षा तथा समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी महत्वपूर्ण सुझाव दिएका छन्। महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र सेन्टर फर रिप्रोडक्टिभ राइट्सले संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी सार्वजनिक गरिएको हो। नेपाल सरकारले सन् २०२५ मा यूपीआरको चौथो चक्रअन्तर्गत प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनको समीक्षा पश्चात् विभिन्न मुलुकहरूले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्। कार्यक्रममा अधिवक्ता रोशना प्रधानले नेपालले पाँचवटा मुख्य विषयमा…
स्वास्थ्य डायरी
तनहुँ- सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो । नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तर भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन वाग्लेले जानकारी दिए । सोही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट हुन सक्ने उनले बताए । डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर प्रणालीमा सुरक्षित रहने र आगामी दिनहरूमा कागजी प्रक्रियाबाट हुने झन्झट न्यून हुँदै जाने अपेक्षा गरिएको उनको भनाइ छ । वाग्लेले…
धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकैपटक तीन सन्तान जन्माएकी छन्। बुधबार तिम्ल्याहा शिशु जन्मिएको अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डा. खगेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ र बालरोग चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले आमाको सफल शल्यक्रिया गरी तीन शिशुको जन्म गराएको हो। जन्मिएका शिशुमध्ये दुई छोरा र एक छोरी रहेका छन्। डा. भट्टका अनुसार दार्चुला घर भएकी ३१ वर्षीया ती महिलाको यसअघि दुई छोरी छन्। पाँच महिनाको गर्भावस्थादेखि नै उनी सेती प्रादेशिक अस्पतालमा नियमित गर्भजाँच गराउँदै आएकी थिइन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरको नेतृत्वमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले गर्भावस्थाको…
काठमाडौं – कलेजो (लिभर) र प्यानक्रियाजसम्बन्धी रोग नेपालमा बढ्दो समस्याका रूपमा देखिन थालेको छ । जीवनशैली, खानपान र मदिरा सेवनको बढ्दो प्रयोगले यी अंगमा गम्भीर समस्या देखिन थालेको विशेषज्ञहरूको भनाइ छ । बीएण्डबी अस्पतालमा कार्यरत कलेजो, पित्तनली तथा प्यानक्रियाजका विशेषज्ञ तथा सर्जन प्रदीप साप्कोटाका अनुसार कलेजोका समस्या मुख्यतः दुई प्रकारका हुन्छन्, जन्मजात रूपमा आउने र पछि जीवनशैली वा रोगका कारण हुने । “जन्मजात रूपमा कलेजोको बनावट बिग्रिएको हुन सक्छ, तर अधिकांश समस्या पछि हेपाटाइटिस, सिरोसिस, बोसो जम्ने, क्यान्सर तथा पेटमा पानी जम्ने कारणले देखिन्छ,” उनले भने । कलेजो स्वस्थ राख्न के गर्ने ? कलेजोलाई स्वस्थ राख्न नियमित व्यायाम, सन्तुलित आहार,…
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा थप कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा, वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण स्वीकृत स्वास्थ्य संस्थाबाट मात्रै गरिनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार, स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार यतिबेला पनि परीक्षण हुँदै आएको भए पनि पछिल्लो समय केही गन्तव्य मुलुक, विशेष गरी जीसीसी राष्ट्र र मलेसियासम्बन्धी प्रक्रियामा अनधिकृत निकाय, व्यक्ति वा संस्थाको संलग्नता बढेको पाइएको छ। यस्ता गतिविधिका कारण स्वास्थ्य परीक्षणका मापदण्ड आफूखुसी परिवर्तन हुने, नयाँ संस्था थपिने र सेवा शुल्क मनोमानी रूपमा…
कञ्चनपुर- कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमुना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक…
काठमाडौं- अङ्ग परिवर्तनपछिको सङ्क्रमण र स्वास्थ्य जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रम आवश्यक रहेको माग उठाइएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका यौन अङ्ग परिवर्तन गरेका वा त्यस्तो चाहना राखेकाहरुले स्वास्थ्य संस्थाबाट प्राप्त सेवामा अङ्ग परिवर्तनपछिको जटिलताहरु पर्याप्त रूपमा सम्बोधन नभएको गुनासो गरेका हुन्। नेपाल परिवार नियोजन सङ्घ र नीलहीरा समाजको सहकार्यमा आयोजित ‘हाम्रो समुदाय, हाम्रो उत्तरदायित्व’ कार्यक्रममा सहभागीहरूले सरकारी अस्पतालमा अलग ‘हर्मोनल क्लिनिक’ आवश्यक रहेको बताएका छन्। यसले यौन अङ्ग परिवर्तनपछिका स्वास्थ्य जोखिम घटाउने र ‘हर्मोनल ब्यालेन्स’ कायम राख्न सहयोग पुग्ने बताए। कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख…
काठमाडौँ- जाडो मौसम बिस्तारै विदा हुँदै गर्मी सुरु हुने यो संक्रमणकालीन समय स्वास्थ्यका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुनः तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन कठिन बनाउँछ । यही कारणले यस समयमा संक्रमणजन्य रोगदेखि दीर्घरोगसम्मका समस्या बढ्ने चिकित्सकहरू बताउँछन् । विशेषज्ञहरूका अनुसार तापक्रमको तीव्र उतारचढावले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँदा भाइरस तथा ब्याक्टेरियाले सजिलै असर गर्न सक्छन् । यस समयमा रूघाखोकी, भाइरल ज्वरो, एलर्जी, दम, छालासम्बन्धी संक्रमण तथा पेटसम्बन्धी समस्या धेरै देखिने गरेको पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार मौसम परिवर्तनको समयमा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरू विशेष जोखिममा…
मुगु- जिल्लाको पश्चिमी भेगमा पर्ने **खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा एक सातादेखि फैलिएको भाइरल ज्वरोले पूरै गाउँ थला परेको छ । ज्वरोको संक्रमण बालबालिकादेखि वृद्धवृद्धासम्म फैलिँदा बिरामीको संख्या ४ सय नाघेको स्थानीयले बताएका छन् । स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चारवटा बस्तीमा तीव्र रूपमा फैलिएको हो । हाल करिब ४ सय जना बिरामी छन् । तर स्वास्थ्य संस्था, जनशक्ति र औषधि—तीनैको अभावले उपचारमा गम्भीर समस्या देखिएको छ । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट चिकित्सकसहितको टोली गाउँ पुगे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । टोली फागुन १२ गते फर्किसकेको छ भने…
काठमाडौँ – निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा आवश्यक सहयोगका आग्रह गरिएको जानकारी उनले दिए । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा…

