काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिएको छ । निर्वाचनमा सम्भावित दुर्घटना कम गर्नका लागि ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार सङघ, प्रदेश र स्थानीय तहका अस्पताललाई अस्पतालको जनशक्ति हेरेर पाँचदेखि २५ जनासम्म रहने गरी ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन दिइएको छ । “द्रुत प्रतिकार्य टोलीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निर्वाचनमा घाइतेको उपचार, एम्बुलेन्सको समन्वय गरी घाइतेलाई अस्पतालसम्म ल्याउने काम गर्छ । अस्पतालमा रहेका चिकित्सक रहेको चिकित्सकको टोलीले घाइतेको उपचार गर्नेछ”, प्रवक्ता डा. बुढाथोकीले भने । उहाँले निर्वाचनका दिन…
स्वास्थ्य डायरी
काठमाडौँ- चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन गरेको बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।
बैतडी- बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो । पुर्चाैँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएकामा मौसमी फ्लु‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो । यो रोग सामान्य भए तापनि विशेष गरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । पाँच वर्षमुनिका…
काठमाडौँ- मनमोहन अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पतालभित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ । मृतकका आफन्तले उपचारमा लापरबाही भएका कारण घाइतेको ज्यान गएको आरोप लगाएका छन् । उनीहरूका अनुसार धादिङमा भएको सवारी दुर्घटनामा घाइते भएका ती व्यक्तिलाई उपचारका लागि मनमोहन अस्पताल ल्याइएको थियो । घटनाबारे अस्पताल प्रशासन र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिँदै आवश्यक बुझबुझारथ सुरु गरेको जनाइएको छ । यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
गण्डकी – पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । अस्पतालको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन् । उनका अनुसार अस्पतालमा सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली दक्ष जनशक्ति कार्यरत रहेका जानकारी दिए ।…
बागलुङ – यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् । यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपीभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन् । त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका…
ललितपुर – नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले नेपाल क्यान्सर सपोर्ट ग्रुप र ‘उपचारका लागि सहयोगी हात’हरूको सहकार्यमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बालक र उनीहरूको परिवारका साहसी कथाहरू प्रस्तुत भए, जसले उपस्थित सबैमा प्रेरणा थप्यो। चिकित्सक, स्वयंसेवक, शुभेच्छुक र सहभागीहरूसँग मिलेर बालकहरूको सङ्घर्ष र दृढताको सम्मान गर्दै उनीहरूको हरेक कदममा साथ दिने प्रतिबद्धता पुनः पुष्टि गरिएको छ। कार्यक्रमका आयोजकहरूले बालकहरूको उपचारमा समर्थन, आशा र सचेतना फैलाउने उद्देश्यका लागि सबै सहभागी, साझेदार र स्वयंसेवकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
मुगु- मुगु जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनयता फैलिएको भाइरल ज्वरोका कारण चार सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। ज्वरोको प्रकोपबाट बालबालिका, महिला तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चारवटा बस्तीमा तीव्र रूपमा फैलिएको हो। ज्वरो बढ्दै गएपछि नर्खजीस्थित स्वास्थ्य संस्थामा जनशक्ति र औषधिको गम्भीर अभाव देखिएको छ। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानी बाट डाक्टरसहितको टोली गाउँ पुगे पनि रोग नियन्त्रणमा आउन सकेको छैन। उपचारमा खटिएको टोली फागुन १२ गते गाउँबाट फर्किसकेको छ भने हाल एक जना स्वास्थ्यकर्मी मात्र बिरामीको उपचारमा सक्रिय…
बैतडी- अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् । पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उनले बताए । अज्ञात रोगका कारण एकै घरका दाजुभाइको मृत्यु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई…
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ। काउन्सिलका रजिष्ट्रार डा. सन्तोष कुमार देव द्वारा जारी सूचनाअनुसार विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूले सञ्चालन गर्ने फेलोसिप कार्यक्रममा संलग्न चिकित्सकहरूको मनोबल उच्च राख्न र उनीहरूको सेवाको उचित मूल्याङ्कन सुनिश्चित गर्न न्यूनतम नवौँ तह सरहको पारिश्रमिक उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो। काउन्सिलको पूर्ण बैठकबाट गरिएको निर्णय नेपाल सरकारको विद्यमान चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सम्बन्धी नीतिअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको छ। सूचनामा फेलोसिप कार्यक्रममा सहभागी चिकित्सकहरू पूर्णकालीन रूपमा कार्यरत रहने भएकाले उनीहरूको सेवा–सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ। काउन्सिलले निर्णयको प्रभावकारी…

