स्वास्थ्य डायरी

काठमाडौँ- वीर अस्पताल मा रहेको अत्याधुनिक टोमोथेरापी मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। नेपालमै एक मात्र रहेको यो प्रविधि बिग्रिएपछि विशेषगरी गरिब तथा न्यून आय भएका क्यान्सर बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका थिए। अस्पताल प्रशासनका अनुसार करिब दुई साताअघि नै मर्मत कार्य सम्पन्न भई सेवा पुनः सुरु गरिएको हो। डा. भुपेन्द्र बस्नेतका अनुसार प्राविधिक समस्या समाधान भएसँगै टोमोथेरापी सेवा अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। यसपटक मेसिनको एलाइन्मेन्ट (पोजिसन मिलाउने) प्रणालीमा समस्या देखिएको थियो। आवश्यक पार्ट्स अमेरिकाबाट मगाउनुपरेको र प्राविधिक इन्जिनियर भारतको मुम्बईबाट बोलाउनुपरेकाले मर्मत कार्यमा केही ढिलाइ भएको बस्नेतले बताए। हाल टोमोथेरापीबाट दैनिक १० देखि १५ जना बिरामीले सेवा…

विस्तृतमा...

भक्तपुर – बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा शहर वा पालिकालाई स्वस्थ्य शहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका निकायलाई स्वस्थ, सुरक्षित र दिगो शहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा छलफल तथा अभिमुखीकरणसमेत सम्पन्न गरिसकेको उनले जानकारी दिए । अभिमुखीकरण अनुसार आवश्यक तयारी थाल्न उनले सरोकार भएका सबैलाई निर्देशन दिए । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण…

विस्तृतमा...

पाँचथर – हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’कार्यक्रममा १२ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । समुदायका ३० वर्षभन्दा माथिका ४४३ जनाको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशतमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्यालगायत नसर्ने रोगका लक्षण देखिएका हुन् । नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने, गाउँमा आफ्नै काममा व्यस्त रहेका, आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य जनाको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नगराई बसेका भेटिएपछि त्यस्ता व्यक्तिलाई लक्षित गरी परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए। “सामान्यतया स्वस्थ देखिने मानिसमा…

विस्तृतमा...

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः ३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले उक्त कारबाही गरेको जनाइएको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक),…

विस्तृतमा...

विराटनगर – कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ । अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् । विशेषगरी प्रसूति र शल्यक्रियाका बिरामीलाई समयमै रगत जुटाउन हम्मेहम्मे…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो ५ महिनाको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छिन्। जेनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व सम्हालेपछि उनले सेवा प्रवाह सुधार र स्वास्थ्य प्रणाली सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको दाबी गरेकी छिन्। मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि ‘घाइतेहरूको वर्गीकरण कार्यविधि २०८२’ लागू गरिएको छ, जसले उपचार व्यवस्थापनलाई व्यवस्थित बनाएको छ। त्यसैगरी, मस्तिष्कघात (स्ट्रोक) को उपचारमा प्रयोग हुने महँगो इन्जेक्सन निःशुल्क उपलब्ध गराउने निर्णय पनि गरिएको छ। यसका लागि स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालहरूसँग सम्झौता गरेको छ, जसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।

विस्तृतमा...

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कति योगदान पुर्‍याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने दिए । ‘अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ’, उनले भने, ‘अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतालमा पठाउँछौँ ।’ उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत…

विस्तृतमा...

भावनगर, गुजरात – शारीरिक उचाइ सानो भए पनि गणेश बारिया भारतका सबैभन्दा सानो कद भएका डाक्टर हुन्। भावनगरस्थित सर तख्तासिंह अस्पतालको ट्रमा सेन्टरमा ३ फिट उचाइ भएका गणेश बरैयाले स्टेथोस्कोप लगाएर बिरामीको परीक्षण गरिरहेको देख्दा सबै चकित भएका छन्। ७२ प्रतिशत शारीरिक दिव्यांगता भएका गणेशले धेरै सामाजिक रूढिवादी सोच र शारीरिक सीमालाई चुनौती दिँदै मेडिकल क्षेत्रमा सफलता हासिल गरेका हुन्। गणेश गोरखी गाउँमा किसान परिवारमा जन्मेका थिए र आफ्नो ९ दाजुभाइ–बहिनीमध्ये ८ औं थिए। उनी परिवारका एक मात्र व्यक्ति हुन्, जो ‘ड्वार्फिज्म’ अर्थात् पुड्काेपन पीडित छन्। बाल्यकालमा हुँदा सर्कसका मानिसहरूले उनलाई पाँच लाख रुपैयाँमा किन्ने प्रस्ताव दिएका थिए, तर उनका…

विस्तृतमा...

डडेल्धुरा – डडेल्धुरा मेडिकल कलेजले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। डडेल्धुरा अस्पताललाई तीन सय शैय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने स्वीकृति प्राप्त हुनेबित्तिकै एमबीबीएस कार्यक्रम सञ्चालनका लागि अनुमति पाइने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्वास्थ्य विज्ञान संकायको डीन कार्यालयले जनाएको छ। हाल मेडिकल कलेजमा ब्याचुलर्स इन मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), बीएससी नर्सिङ र ब्याचुलर्स इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालनमा छन्, जसमा ७६ जना विद्यार्थी अध्ययनरत छन्। बीएमएलटी तीन वर्षदेखि सञ्चालनमा रहेको छ भने बीएससी नर्सिङ र बीपीएच गत शैक्षिक सत्रदेखि सुरु गरिएको हो। स्वास्थ्य विज्ञान संकायका डीन डा. हेमनाथ जोशीका अनुसार एमबीबीएस कक्षा…

विस्तृतमा...

काठमाडौं – विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले विश्वव्यापी रूपमा गम्भीर चिन्ताजनक अवस्था उजागर गरेको छ। प्रतिवेदनअनुसार विश्वका करिब ९९ प्रतिशत मानिसहरू असुरक्षित स्तरको वायु प्रदूषणमा श्वास फेर्न बाध्य छन्, जसले जनस्वास्थ्यमा ठूलो जोखिम निम्त्याइरहेको छ। यो विश्वव्यापी संकटको प्रभाव नेपालमा झन् गहिरो रूपमा देखिएको छ। विशेषगरी काठमाडौं, विराटनगर र पोखरा जस्ता सहरहरूमा वायु प्रदूषण र जलवायु परिवर्तनको संयुक्त असरले जनस्वास्थ्यमा बहुआयामिक संकट सिर्जना गरिरहेको विज्ञहरू बताउँछन्। पछिल्लो समय काठमाडौं उपत्यकाको वायु गुणस्तर निरन्तर खस्किँदै गएको छ। सन् २०२५ मा केही दिन वायु गुणस्तर सूचकांक ४०० नाघ्दै विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको तथ्य सार्वजनिक भएको छ। राजधानीको कचौराजस्तो…

विस्तृतमा...