स्वास्थ्य डायरी

काठमाडौँ- काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ। विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधी र चस्मा पनि प्रदान गर्नुपर्नेछ।

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् । लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया चाँडै अघि बढाइने बताए । उनले प्रक्रियागत ढङ्गबाट सबै काम अगाडि बढिरहेको उल्लेख गर्दै अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे। स्वास्थ्य चौकीबाट स्तरोन्नति गरिएको सो अस्पताल हाल ५० शैय्याको बनाइएको छ । दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याएर अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने मुख्यमन्त्री शाहले स्पष्ट पारे।

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबिच सहकार्य सम्झौता गरेको छ । आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीबिच अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र…

विस्तृतमा...

सिरहा – लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालमा सेवामा सुधारको माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लहान नगर समितिले अस्पताल प्रशासनलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सुधारको माग अघि सारेको हो । अस्पतालमा हालै भएको कर्मचारी नियुक्ति, सेवा प्रवाहमा देखिएको लापरबाही तथा पारदर्शिताको अभावका विषयमा नागरिकस्तरबाट गुनासो बढेपछि रास्वपाले औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा फागुन मसान्तसम्मको मासिक तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नासम्बन्धी विज्ञापन, नियुक्ति प्रक्रिया तथा स्वयंसेवक सम्बन्धी सम्पूर्ण विवरण पारदर्शी रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ । त्यस्तै, ‘आमा सुरक्षा कार्यक्रम’ को आय–व्यय तथा समय व्यवस्थापनको…

विस्तृतमा...

काठमाडौँ- ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख स्वास्थ्य दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनका साथै दन्त विशेषज्ञहरूले दाँत सफा गर्ने, नियमित दाँत जाँच गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्न सल्लाह दिएका छन् । उनीहरूले स्वस्थ मुख नै स्वस्थ जीवनको आधार भएको बताएका छन् । विश्व दन्त महासङ्घको आह्वानमा आज स्वास्थ्य मन्त्रालय, दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्था समुदायमा दन्त स्वास्थ्य शिविर, कार्यशाला र चेतनामूलक अभियान सञ्चालन गरिने छन् । यो दिवस सन् २०१३ देखि मनाउन प्रारम्भ भएको हो ।

विस्तृतमा...

जुम्ला – जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका आठ वटै स्थानीय तहका कक्षा ६ का एक हजार १६५ र विद्यालय नजाने १० वर्ष उमेरका ११२ गरी एक हजार २७७ जनालाई एचपिभी खोप दिने तयारी भएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिए । उनका अनुसार खोप सञ्चालनका लागि ८४ वटा खोप केन्द्र कायम गरिएको…

विस्तृतमा...

दाङ- यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्युठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताए । बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उनको भनाइ छ । “यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ,…

विस्तृतमा...

काठमाडौँ – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए । “सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा…

विस्तृतमा...

काठमाडौँ – बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बुधबार बताएका छन् । मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ। समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो। “भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ ।…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ। कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको रोहबरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माकाबिच सम्झौता भएको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिए। सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला । अपाङ्गता भएका महिलाका लागि विशेष…

विस्तृतमा...