झापा – उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ । अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी…
स्वास्थ्य डायरी
रसुवा- धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए । अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा…
कालीकोट – जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो । विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो । विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताए । सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र…
रसुवा – एम्बुलेन्समा चुरोट तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । बिरामी बोकेको बहाना बनाई काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ का चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष पकसिमले सहजता प्रदान गरेको जनाएको छ । कामपाले आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने, अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीलाई होम सेन्टरमै परीक्षा दिँदा सहजता प्रदान गरेको कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण चाहिने भएकाले महानगरपालिकाले यस प्रकारका शिक्षण संस्था सञ्चालनका विषयमा योजना बनाउँदै गरेको पनि कामु डङ्गोलको भनाइ छ । शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने…
जय पाठक (जे.पी), चितवन- चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । अस्पतालले आगामी चैत २५ गते आफ्नो ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाउन लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्ता छन् वार्षिकोत्सवका कार्यक्रम वार्षिकोत्सव अन्तर्गत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वार्षिक स्मारिका प्रकाशन तथा विमोचन, निःशुल्क स्वास्थ्य शिविर, वृहत् रक्तदान कार्यक्रम, फलफुल वितरण, सेवा निवृत्त एवम् उत्कृष्ट कर्मचारीलाई सम्मान लगायत थुप्रै कार्यक्रमहरू रहने उनले बताए । जसको लागि अस्पताल विकास समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु बनाईएको छ । कसरी जन्मियो भरतपुर अस्पताल ? यस अस्पतालको स्थापना वि.सं.…
ललितपुर – विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलमा विविध जनचेतनामूलक कार्यक्रमहरूका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै आयोजना गरिएको कार्यक्रममा सर्वसाधारण, विद्यार्थी र स्वास्थ्यकर्मीको उत्साहजनक सहभागिता रह्यो। कार्यक्रममा ¥याली, डेन्टल प्रदर्शनी, कला प्रतियोगिता, फ्ल्यास मोब, फेस पेन्टिङ, खेलकुद गतिविधि र सन्देशमूलक नाटकजस्ता गतिविधिहरू राखिएका थिए। यी माध्यमबाट सर्वसाधारणलाई मुख स्वास्थ्यको महत्वबारे जानकारी दिइएको र समयमै उपचार लिन प्रेरित गरिएको थियो। यस अवसरमा किस्ट टिचिङ हस्पिटलले विशेष छुट योजनाको घोषणा पनि गरेको छ। डेन्टल उपचारमा २५ प्रतिशत छुट र अर्थोडोन्टिक्स (दाँत मिलाउने उपचार) मा १५ प्रतिशत छुट…
स्वास्थ्य बिमा कार्यक्रमले देशभरका आम नागरिकलाई उपचारमा आर्थिक भार कम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। तर हाल यस कार्यक्रममा दायित्व बढ्दो क्रममा रहे पनि पर्याप्त स्रोत नपुग्दा सञ्चालन चुनौतीपूर्ण भएको छ। यसै सन्दर्भमा स्वास्थ्य डायरीले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलसँग कुराकानी गरेको छ। प्रस्तुत उक्त कुराकानीको सम्पादित अंश: स्वास्थ्य बिमा कार्यक्रमको वर्तमान अवस्था कस्तो छ ? स्वास्थ्य बिमा कार्यक्रम आम नागरिकलाई स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न बनाइएको कार्यक्रम हो। विगतमा यसमा ७ अर्ब ५० करोड रुपैयाँ स्रोत थियो। गत वर्ष सरकारले २ अर्ब रुपैयाँ थपेको थियो। त्यसपछि हामीले १२ अर्ब रुपैयाँ भुक्तानी गरेका थियौं। यस…
काठमाडौँ- काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ। विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधी र चस्मा पनि प्रदान गर्नुपर्नेछ।
कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहामा निर्माण गरिएको लम्की चुहा प्रादेशिक अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् । लम्कीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले प्रचलित कानुन तथा ऐनको दायराभित्र रही अस्पताल सञ्चालनको प्रक्रिया चाँडै अघि बढाइने बताए । उनले प्रक्रियागत ढङ्गबाट सबै काम अगाडि बढिरहेको उल्लेख गर्दै अस्पताल सञ्चालनका विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे। स्वास्थ्य चौकीबाट स्तरोन्नति गरिएको सो अस्पताल हाल ५० शैय्याको बनाइएको छ । दीर्घकालीन रूपमा प्रभावकारी सेवा दिन कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याएर अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने मुख्यमन्त्री शाहले स्पष्ट पारे।

