
डडेल्धुरा- परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपले एकै घरमा शोक छाएको छ। एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पतालतर्फ ल्याइँदै गर्दा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो।
जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना भई उपचाररत छन्। तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा अत्यधिक चिन्ताका कारण प्रभावित भएको उनले बताए।
उनीहरूमा हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए। प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशंका गरिएको छ। हाल उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।



