
काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ।
पोखरा, कास्कीमा सम्पन्न महाधिवेशनले निरज पन्तको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा सीताराम खड्का चयन भएका छन् भने उपाध्यक्षहरूमा गणेश शाह र विष्णु ढकाल रहेका छन्।
त्यसैगरी महासचिवमा दिगम्बर राज पाण्डे, सचिवहरूमा किरण अधिकारी, गोविन्द प्रसाद जोशी र शम्भु श्रीवास्तव चयन भएका छन्। कोषाध्यक्षमा सुदर्शन ढकाल र सह–कोषाध्यक्षमा चिरञ्जीवीलाल कर्ण निर्वाचित भएका छन्।



