

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब लागू गर्न माग गर्दै आन्दोलन गरेका छन्।
शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ तलब तोकेको छ।
सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलन गर्न बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताएका छन्।
अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारीहरू अहिले आन्दोलनमा सहभागी भएका छन्।


