Aricle Tech

जनकपुरधाम : सर्लाहीमा निषेधित औषधि बिक्री वितरण गरिरहेका तीन वटा औषधि पसललाई सिल गरिएको छ । हरिवन नगरपालिका–११ हरिवन बजार र हरिवन–९ नयाँरोडमा सञ्चालित तीन वटा औषधि पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । औषधि पसलहरुमा मापदण्ड विपरीत निषेधित औषधीहरुको बसक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र औषधि व्यवस्था विभाग शाखा वीरगञ्जका प्रतिनिधिको उपस्थितिमा खानतलासी गर्दा मापदण्डविपरीत बिक्री वितरण भइरहेको तीनवटा पसललाई सिल गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले हरिवन–११ मा रहेको न्यू कुश्वाहा मेडिकल हल, कुश्वाहा मेडिसिन्स फर्मा र हरिवन–९ नयाँरोडस्थित सिटी हेल्थकेयर हस्पिटल प्रालिलाई सिल गरेको…

विस्तृतमा...

चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ। गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए ‘गर्मीमा प्रयोग गरिने ‘कोल्ड ड्रिंक्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रबर्द्धन गर्न सकिन्छ भनेर हामीले सो निर्णय गरेका हौं, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’ अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका…

विस्तृतमा...

कैलाली : कैलालीस्थित रानीजमरा कुुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुपन्छीको उपचार गरेको हो । आयोजनाले पशु स्वास्थ्यका हिसाबले उपचार सेवा लिन टाढा रहेका वडा टीकापुर नगरपालिका–४ मौरनीया, वडा नं ७ दिव्यपुर, जानकी गाउँपालिका वडा नं २ बडरिया, वडा नं ६ जगतपुर र लम्की चुहा ७ चाङ्गावाणीमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा उपचारसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । टीकापुर–४ मा भएको पशु स्वास्थ्य शिविरमा ९३ गाईभैँसी, चार सय ६८…

विस्तृतमा...

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरे । “साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो”, धामीले भने, “तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।” गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् । लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । “हामीले पटकपटक…

विस्तृतमा...

काठमाडौं- विभिन्न अभियोगमा पक्राउ परेका भीआइपीहरु प्रहरी हिरासत छलेर अस्पताल बस्न थालेपछि गृह मन्त्रालयले तीन बुँदे मापदण्ड जारी गरेको छ । आज (सोमबार) गृहले जारी गरेको मापदण्डअनुसार अभियुक्तले अब अस्पताल बस्नका लागि शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ रहेको हुनुपर्ने छ । शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी असपताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने-नपर्ने सम्बन्धमा निर्देशन दिइएकाे छ  । अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख…

विस्तृतमा...

डडेल्धुरा: डडेल्धुराका मेडिकल तथा फार्मेसीबाट औषधीको  अनुचित कारोबार हुने गरेको  छ ।व्यवसायलाई बदमान गर्न लागिपरेका केही मेडिकल तथा फार्मेसी सञ्चालकहरूले औषधीको अनुचित प्रयोग गरि लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेकाे पाइएको हो ।पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा औषधीको चरम दुरूपयोग हुने गरेपछि प्रहरीले निगरानी बढाएको छ ।यसैबीच, प्रहरीले हिजाे (आइतबार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-५ बागबजारमा रहेको जोशी मेडिकल र तुफानडाँडामा रहेको नोभा फार्मेसीमा कार्यरत दुई जना छन् ।तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन् । चिकित्सकको प्रेसक्रिप्सन बिना औषधी बेच्न नपाइने भएपनि उनीहरूले औषधि बेचिरहेका थिए ।प्रहरी स्रोतका अनुसार उनीहरू प्रतिबन्धित औषधी बिक्रीवितरण गरिरहेको…

विस्तृतमा...

काठमाडौँ : अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालय, जनसङ्ख्या शाखाले जनसाङ्ख्यिक सूचकहरू सहितको विवरण सार्वजनिक गरेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ…

विस्तृतमा...

काठमाडौँ : इलेक्ट्रोनिक सिगरेटको आयात, उत्पादन तथा उपभोगमा प्रतिबन्ध लगाउने सम्बन्धी कानूनी व्यवस्था कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र लेखेर कानूनी व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो । यी सरकारी निकायलाई ध्यानाकर्षण पत्र पठाउँदा केन्द्रले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को परिच्छेद ३ को दफा २८ को उपदफा ३ उल्लेख गरेको छ । सो उपदफामा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक…

विस्तृतमा...

काठमाडौं : बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४०९ जना नयाँ डेङ्गु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेङ्गु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए । डेङ्गु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

विस्तृतमा...

बाजुरा : बाजुरामा हेलिकोप्टरमार्फत सुत्केरी र गर्भवतीको उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचार गराइरहेकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । दश दिनकी सुत्केरी कार्कीलाई उच्च ब्लड प्रेसरका कारण कोल्टीबाट रिफर गरिएको डाक्टर प्रतिक न्यौपानेले बताए । गर्भवती महतराको पहिलो सन्तान पाउँदा अप्रेसन गरेको र दोस्रो सन्तान समेत अप्रेसन गर्नुपर्ने हुँदा जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको बताइएको छ । सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालय अन्तरगत राष्ट्रपति महिला…

विस्तृतमा...