

जनकपुरधाम : सर्लाहीमा निषेधित औषधि बिक्री वितरण गरिरहेका तीन वटा औषधि पसललाई सिल गरिएको छ । हरिवन नगरपालिका–११ हरिवन बजार र हरिवन–९ नयाँरोडमा सञ्चालित तीन वटा औषधि पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
औषधि पसलहरुमा मापदण्ड विपरीत निषेधित औषधीहरुको बसक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन र औषधि व्यवस्था विभाग शाखा वीरगञ्जका प्रतिनिधिको उपस्थितिमा खानतलासी गर्दा मापदण्डविपरीत बिक्री वितरण भइरहेको तीनवटा पसललाई सिल गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले हरिवन–११ मा रहेको न्यू कुश्वाहा मेडिकल हल, कुश्वाहा मेडिसिन्स फर्मा र हरिवन–९ नयाँरोडस्थित सिटी हेल्थकेयर हस्पिटल प्रालिलाई सिल गरेको हो ।
प्रहरीले मापदण्डविपरीत बिक्री वितरणका लागि राखिएका निषेधित तथा म्याद नाघेका क्लोनाज ०.२५, ओटिसिन, ट्रासेडोल, लोरी, डोलोमस्ट एमआर, राबिरोज डिएसआर, असयक्लोटलम एसपी, स्पास्मोलगायतका औषधिहरु बरामद गरी औषधि पसलहरु सिल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


