

- डा स्वस्ती शर्मा
आइभिएफ अहिले नेपालमा सजिलै उपलब्ध भएको प्रविधि हो । निःसन्तानपन भएका दम्पतीहरूको लागि यो उचित विकल्पको रूपमा रहेको छ ।
विशेषगरी महिलामा नली ब्लक छ भने, हर्मोनको गढबढी भएको छ भने, र पुरुषमा सुक्रकिटको कमी हुँदा, शुक्रकिटको गती कमी हुँदा, वीर्यमा शुक्रकिट नदेखिँदा आइभिएफ प्रविधिको प्रयोग गरिन्छ ।
यो महिला महिनावारी भएको २/३ दिनदेखि सुरू गरिन्छ । यसमा हरेक दिन इन्जेक्सन लगाएर महिलाको पाठेघरमा अण्डाको विकास गरिन्छ । १२/१३ दिनमा अण्डा बढेपछि महिलाको शरीरबाट झिकेर श्रीमान्को वीर्यबाट शुक्रकिट निकालेर अण्डासँग मिश्रण गरेर बच्चा बन्न ल्याबमा छोडिन्छ । यसरी छोडेपछि बनेको बच्चालाई ३/५ दिनमा महिलाको पाठेघरमा रखिन्छ ।
वीर्य आउने नलि र शुक्रकिट आउने नली फरक–फरक हुन्छ । शुक्रकिट आउने नली ब्लक छ भने शुक्रकिटबाट अण्डा झिकेर एउटा अण्डामा एउट शुक्रकिट हालेर पनि पनि बच्चा बनाउन सकिन्छ यसलाई ‘इक्सी’ भनिन्छ ।
महिलाहरूको उमेर बढ्दै गएपछि अण्डाको बाहिर साह्राे हुन्छ र शुक्रकिट भित्र जान सक्दैन । यस्तो अवस्थामा ‘लेजर ह्याचिङ’ पनि गर्न सकिन्छ । महिलाको अण्डा कम बनेको अवस्थामा महिलाको रगत लिएर प्लेटरेट छुट्याएर पाठेघरको अल्ट्रासउण्डबाट गएर दुवै डिम्वासयामा पिआरपी थेरापी पनि गरिन्छ । जसले अण्डा बढ्न सहयोग गर्छ ।
महिनावारी सुकेको महिलाको पनि बच्चा भइरहेको छ । यसमा कम उमेरको महिलाको डोनेशन लिएर उहाँहरूले बच्चा पाउन सक्नुहुन्छ ।
(डा शर्मा स्त्रीरोग तथा निःसन्तानपन विशेषज्ञ हुन् ।)