काठमाडौं : नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डाक्टर किरण शाक्य नियुक्त भएका छन् ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर शाक्यलाई अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो ।
अस्पताल सञ्चालक समितिको १ हप्ता अगाडि बसैको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

डा.शाक्य लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा कार्यरत थिए।
हालै उनी सर्जन अफ द इयर पुरस्कारबाट सम्मानित भएका थिए ।
Last Modified Date: २०८१ श्रावण ४, शुक्रबार







