

काठमाडौं : नारायणी अस्पतालमा रहेको एमआरआई मेशिन विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । अस्पतालमा रहेको थ्री टेस्लाको अत्याधुनिक एमआरआई मेशिन बन्द अवस्थामा रहेको हो ।
गत वर्ष कार्तिक महिनातिर अस्पतालमा एमआरआई मेशिन जडान भएको थियो ।तर, केही महिनाभित्रै बन्द भयो ।
३० करोडमा खरिद गरिएको थ्री टेस्लाको एमआरआई मेशिनको भुक्तानीलाई लिएर मेशिन बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । चिनियाँ कम्पनीले उपलब्ध गराएको एमआरआई मेशिनको बीस प्रतिशत रकम अहिले पनि नारायणी अस्पतालले तिर्न बाँकी रहेको छ। जसले गर्दा चिनियाँ कम्पनीले नारायणी अस्पतालमा जडान भएको एमआरआई मेशिन बन्द गरिदिएको हो ।
कम्पनीले चीनबाट नै अस्पतालमा भएको एमआरआई मेशिनको सफ्टवेयर अपडेट गरेको छैन । नारायणी अस्पतालका प्रवक्ता सुनिल कुमार रौनियारले मेशिनको बाँकी रहेको बीस प्रतिशत रकम चाँडै भुक्तानी गरिने तथा सेवा फेरि सुचारु गर्नेतर्फ लागेको बताएका छन् ।
‘