काठमाडाैं- गत जनवरी १ देखि हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३ हजार ३३९ पुगेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।
महाशाखाले हालसम्म ७३ जिल्ला डेंगुबाट संक्रमित भएको बताउँदै सबैभन्दा बढी गण्डकी प्रदेशमा संक्रमित रहेको जनाएको छ ।