चितवन : मजदुरी गरेर परिवार चलाउँदै आएका भरतपुर महानगरपालिका–३ बाह्रघघरे निवासी भीमबहादुर पण्डित क्षेत्री स्वास्थ्य बीमा गराएपछि पहिलोपटक भरतपुर अस्पतालमा उपचार गराउन आए । उनले भने, “स्वास्थ्य बीमाका बारेमा आफूलाई ज्ञान नहुँदा वडा कार्यालयको सहयोगमा बीमा कार्यक्रम समावेश भएको हुँ ।” अहिले उपचारमा लाग्ने खर्चको जम्म १० प्रतिशतमात्र आफूले व्यहोर्नुपर्ने भन्ने सुन्दा दङ्ग परे । लाइन लामो भए पनि आफू उपचार गराएरै जाने उनले बताए । माडी नगरपालिका–७ बाट उपचारका लागि भरततपुर अस्पताल आएका देवराज बरालले पैसा हुने र नहुने दुवैलाई स्वास्थ्य बीमाले फाइदा गरेको बताए । उनले भने, “ग्रामीण क्षेत्रमा थोरै पैसा हुनेहरूका लागि स्वास्थ्य बीमा फलदायी छ ।”…
Aricle Tech
गुल्मी : गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन्। आइतबार साँझ च्याउ खाएका रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेको हो। आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका थिए। च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको छ।
काठमाडाैं : नेपालमा पछिल्लो समय डेंगुको सङ्क्रमण बढ्दो छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । हालसम्म २ जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगु संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो। केही दिनअघि डेंगु संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको थियो भने त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । उनले बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने बताएका छन् । यस्तै उनले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने बताएका छन् । उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने पनि बताएका छन्।
काठमाडाैं : झापाकाे हल्दिबारी गाउँपालिका- ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु छ । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो । उनी हल्दिबारी- ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत रहेकी थिइन् । झापामा यसवर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । करिब आधा दर्जन डेंगुका बिरामीहरु बीएण्डसीमा उपचाररत रहेको फोकल पर्सन सकुन्तला भुटियाले जानकारी दिएकी छन् ।
खाँदबारी (सङ्खुवासभा) : पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उनले जानकारी दिए । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताए ।…
काठमाडाैं : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले अब सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिए। डा. पौडेलले प्रदेशभित्रै रहेका एक सरकारी अस्पतालमा कम्तीमा पाँच शैयाको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिए । अस्पतालका अनुसार कोशी प्रदेशको धनकुटामा, मधेश प्रदेशको जनकपुरमा, गण्डकी प्रदेशको दमौलीमा, लुम्बिनी प्रदेशको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा अस्पतालले आफ्नो सेवा विस्तार गर्न लागेको छ । बागमती प्रदेशमा भने सिन्धुली वा सिन्धुपाल्चोक कहाँ लैजाने भन्ने टुङ्गो नलागिसकेको…
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाईसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो । गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण…
चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा.उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए । उनले भने, “यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै…
काठमाडौं : पछिल्लो समय डेङ्गी सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । ४ दिनयता ७२२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको उनले बताए । सबैभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा…

