काठमाडौं । पिसाव तथा मुत्राशयको उपचारमा प्रयोग हुने मिराबेग्रनको नेपालमा पनि उत्पादन सुरु भएको छ ।
नेपालको अग्रणी औषधि उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले नेपालमा पहिलोपटक मिरासिन नाम गरेको मिराबेग्रनको २५ एमजी र ५० एमजी औषधि उत्पादन गरेको हो ।
गत महिना झापाको विर्तामोडमा भएको युरोलोजिस्टहरुको सम्मेलनमा एशियनले यो औषधि सार्वजनिक गरेको कम्पनीका सिनियर प्रडक्ट म्यानेजर (मार्केटिङ) पवित्र थापाले स्वास्थ्य डायरीलाई बताए ।
सन् २०१२ मा अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले स्वीकृति प्रदान गरेको यस औषधिको नेपालमा २ वर्ष लगाएर अनुसन्धान र विकास गरिएको बताइएको छ । यस औषधिलाई मुत्राशयको उपचारका लागि विशेषज्ञहरुले सिफारिस गर्ने गर्दछन् । ओभरएक्टिभ ब्लाडर (पिसाब लागिरहने वा पिसाब अनियन्त्रित हुने) जस्ता रोगमा यस औषधिको प्रयोग गर्ने गरिएको छ ।
हेरौं भिडियो