
निजी क्षेत्रका अग्रणी क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

अस्पतालले शुक्रवार अस्पतालमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो भने शनिबार प्रभातफेरी सम्पन्न भएको छ । अस्पतालमा आयोजित सांस्कृतिक कार्यक्रममा क्यान्सर विजेताहरु सहितको सहभागितामा गीत, नृत्य लगायत कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।

क्यान्सरका बारेमा रहेको भयावह धारणालाई चिरेर खुशी जीवन बाँच्न यस्ता कार्यक्रमले प्रेरणा दिने अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन् । त्यस्तै अस्पतालले शनिवार विहान प्रभातफेरि (वाकाथुन)को आयोजना गरेको छ ।

राजधानीको माइतीघरदेखि सुरु भएको प्रभातफेरि जावलाखेलसम्म पुगेको थियो । प्रभातफेरिका क्रममा क्यान्सर सम्बन्धी सचेतना विस्तार गर्ने प्लेकार्ड बोकेर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरु सहभागी भए ।
कृपया तलको भिडियो हेरौं


