

नेपालमा सयवटाभन्दा बढि फर्मा कम्पनी सञ्चालनमा रहेपनि ८-१० वटाभन्दा बाहेक अन्य राम्रोसँग चलेको छैन भन्ने गरेको गरिन्छ । यसका बाबजुद अर्कोतर्फ अरबौंको लगानी औषधिको क्षेत्रमा विस्तार भइरहेको छ । हालैमात्र म्याग्नस फर्माले १०० करोड लगानी गरेर इन्जेक्टेवल र प्यारेन्टल औषधि बनाउने कारखनाको (स्टेराइल प्लान्ट) निर्माण सम्पन्न गरेर उत्पादन सुरु गर्ने संघारमा पुगेको छ ।

- नयाँ वर्षसँगै नेपाली औषधि बजारमा आवश्यक रहेको इन्जेक्टेवल लगायत औषधि निर्माण थालेर बजारमा जाने तयारी म्याग्नस फर्माले गरेको छ । सन् २००७ मा स्थापना भएको म्याग्नस फर्मा नेपालका १० ठूला कम्पनीमध्येको एक भएको आइक्युभियाको अघिल्लो वर्षको रिपोर्टमा उल्लेख थियो ।
म्याग्नस फर्माले सन् २००७ मा ‘मोजा’ र ‘मिवन’ नामका दुईवटा ब्राण्डका औषधि बनाएर सुरु भएको यात्रा आजसम्म आउँदा एक सयभन्दा धेरै ब्राण्डका २ सय ७ वटा बढि औषधि उत्पादन गर्ने अवस्थामा पुगेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले हालै वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनको सुरुवातमा औषधि बजार ४० वर्षयताकै कठिन परिस्थितिमा भएपनि आफुहरुले आशावादी भएर १ सय करोड लगानी थपेर नयाँ प्लान्ट बनाएको बताएका थिए । औषधि क्षेत्र र समग्र अर्थतन्त्र नै धराशायी भएको बेलामा आफुहरुले सुरु गरेको उद्योगले इन्जेक्टेवल औषधिहरुको परनिर्भरता कम गर्न योगदान दिने मास्केको विश्वास छ ।

पछिल्लो दशकको तीव्र रुपमा बजार विस्तार गर्ने फास्टेड ग्रोइंग कम्पनीमध्येको एक म्याग्नस फर्माले नेपालकै अत्याधुनिक वेयर हाउस (गोदाम ) पनि बनाएको छ । त्यसो त नेपालमा यसअघि पनि एभरेष्ट प्यारेन्टल, एनपीएल, नेशनल हेल्थ केयर लगायतले इन्जेक्टेवल औषधि सुरु गरिसकेका छन् । म्याग्नस फर्माका प्रबन्ध निर्देशक मास्केले यस प्रकारका औषधिमा नेपाल ६० देखि ८० प्रतिशतसम्म परनिर्भर भएको बताए । नेपालमा उत्पादन सुरु भएमा सो पुँजीको पलायन रोकिएर नेपालमै बस्ने उनको भनाइ छ । मास्केले वारेन बफेटको भनाइलाई उदृत गर्दे भने ‘जुन बेला बजारमा मान्छे धेरै उत्साहित भएर आएका हुन्छन् त्यो बेलामा गाह्रो हुन्छ । तर, निराशाको बीचमा आउने मान्छेले जित्छ । म्याग्नस जित्ने अभियानमा लम्ककेको छ ।’

सुरु गरेकै वर्ष ७ करोडको व्यापार गरेको कम्पनीले १८ वर्षको बीचमा नेपालको फास्टेड ग्रोइंग कम्पनीका रुपमा उभ्यायो । म्याग्नस फर्मा हालसम्म आउँदा एकसय १६ करोडको औाष्धि उत्पादन गर्ने कारखना बनेको छ । म्याग्नस फर्माले नेपाली फर्मा उद्योगको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । फर्माले इयुजिएमपीका प्रकृया पार गरेर अन्तराष्ट्रिय स्तरको कम्पनी बनाउने लक्ष्य राखको मास्केले सुनाए । ८ वटा डिभिजनमार्फत औषधि उत्पादनमा तीव्रतर वृद्धितर्फ लम्किरहेको म्याग्नस फर्माका ५ वटा औषधि नेपालको सबैभन्दा बढि बिक्रि हुने ब्राण्डमा पर्छन । बजारीकरण सुरु भएको १२ वर्षमा १०० करोडको कम्पनी बनेको म्याग्नसले ठूलो लगानी र ठूलो सपना मिलाएर इन्जेक्टेवल तथा प्यारेन्टल औषधिको उत्पादन सुरु गर्न लागेको हो ।

- म्याग्नस फर्माले नेपालमा ३४ वटा औषधि पहिलोपटक बनाएको छ । अझैं भनौं ब्राण्डमात्र नभएर जेनेरिक मै पहिलोपटक औषधि बनाएको छ ।
- कम्पनीले कार्डियो, डाइबेटिज, न्यूरो साइक्याट्री, हेपाटिक, ग्यास्ट्रो, अर्थोपेडिक, नाक, कान, घाँटी, युरोलोजी हुँदै अघिल्लो वर्षदेखि छाला उपचारका औषधिहरु सुरु गरेको छ । यो वर्ष इन्जेक्टेवलमा गएको म्याग्नसले सुईमा आधारित औषधिका साथै आँखा, कान लगायतका औषधि पनि बनाउनेछ । फर्माले बनाउन लागेको ती औषधिहरुमा हालसम्म भारतीय कम्पनीहरुकै दबदबा रहेको छ ।
म्याग्नस फर्माकी कार्यकारी प्रमुख मञ्जुली श्रेष्ठले १२ वर्षमा सय करोडको कम्पनी भएको म्याग्नसले फर्मा लिडरशिप अवार्ड २०१९ प्राप्त गरेको सम्झिइन् । फर्माले कर्पोरेट एक्सिलेन्स अवार्ड २०२३ पनि पाएको छ । ५० जना कर्मचारीबाट सुरु भएको कम्पनीमा हाल ३ सय ५० जना कर्मचारी आवद्ध छन् ।

- नेपालको औषधि बजार ६० अरबको छ । त्यसमध्ये ३० अर्बको औषधि नेपालमै उत्पादन हुन्छ भने ५० प्रतिशतका लागि नेपाल परनिर्भर छ । जसमा सबैभन्दै ठूलो हिस्सा भारतीय उत्पादनकै छ । नेपामला सञ्चालनमा आइसकेका ७६ वटा औषधि कम्पनीमध्ये ७१ वटा कम्पनी ओरल ट्यावलेट, क्याप्सुल मात्रै बनाउँछन् । म्याग्नस सहित पाँचवटा कम्पनीमात्र इन्जेक्टेवल र प्यारेन्टल औषधिको बजारमा आउँदा आजपनि वार्षिक १८ अर्बको इन्जेक्टेवल, प्यारेन्टल औषधि आयात भइरहेको छ । इन्जेक्टेवल औषधिमा आजपनि ९० प्रतिशत परनिर्भरता रहेको प्रबन्ध निर्देशक मास्केले बताए । ‘हामी यहि निर्भरतालाई घटाउन र नेपाली औषधिपनि विश्वस्तरीय छ भन्ने देखाउन चाहान्छौं ।’ उनले थपे ।

मास्केले नेपालमा हुँदैन भन्ने मानसिकतलाई चिर्नका लागि लगानीको जोखिम उठाएको बताए । उद्यमीलाई प्रवर्द्धन गर्ने किसिमबाट राज्यले सहजिकरण गर्नुपर्ने उनको भनाइ छ ।
हेरौं भिडियो