दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक औषधि निर्माण गरिरहेको क्लासिकल हर्वलले आयुर्वेदिक ओषधिलाई नयाँ शैलीमा उत्पादन गर्न सुरु गरेको छ ।
परम्परागत रुपमा २० २२ वटा आयुर्वेदिक चुर्ण निकाल्दै आएको क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले औषधिका नयाँ ब्राण्डहरु बजारमा ल्याएको छ ।
बिहीवार राजधानीमा प्रोडक्ट सार्वजनिक कार्यक्रम आयोजना गरेर क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले आयुर्वेद औषधिलाई नयाँ ब्राण्डिंग सहित बजारमा ल्याएको जनाएको छ । औषधि सार्वजनकि कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले लामो समयदेखि कम्पनीले आयुर्वेदिक औषधि निकाल्ने गरेको भएपनि आयुर्वेदका पुराना औषधिलाई नयाँ डोजेज फर्ममा निकालिएको हो । कम्पनीले अहिले २४ वटा नयाँ औषधि निकालेको छ । जसमा ९ वटा औषधि ट्यावलेटमा, १० वटा क्याप्सुलमा र ५ वटा सिरपमा रहेका छन् । आयुर्वेदिक औषधिलाई पनि एल्लोपेथिको जस्तै ब्राण्डिंग गरेर प्रवर्धन गर्ने कम्पनीको उद्देश्य रहेको छ ।
कम्पनीले सिधै खरिद गरेर उपभोक्ताले प्रयोग गर्नसक्ने र डाक्टरको सिफारिसमा खानुपर्ने दुवैथरि औषधि बजारमा ल्याएको छ । कम्पनील सिफारिसमा प्रयोग गर्नुपर्ने विभिन्न आयुर्वेदिक चुर्णका साथै शिलाजीत, तुलसी चिया पनि बजारमा ल्याएको छ । तेल र क्रिममा आधारित औषधिहरु रहेका छन् ।
भिडियो हेर्नुहोस्