स्वास्थ्य डायरी

दोलखा- पछिल्लो दिनहरूमा वैतेश्वर गाउँपालिकामा क्यान्सर र मिर्गौलाका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ। वैतेश्वरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष क्यान्सर र मिर्गौला पीडित रोगका बिरामी २५.२ प्रतिशतले वृद्धि भएको पाइएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष ४२ जना क्यान्सर र मिर्गौलाका बिरामी रहेको यस वर्ष भने, उक्त सङ्ख्या वृद्धि हुँदै ६० जना पुगेको वैतेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर तामाङले बताए । पालिकाको वडा नम्बर-८ बाहेक अन्य ७ वटा वडा क्यान्सर र मिर्गौलाका बिरामी रहेको स्वास्थ्य अधिकृत तामाङले बताए । उनका अनुसार वडा नम्बर-६ मात्रै १८ जना क्यान्सर रोगी रहेका छन् । गत वर्ष यस…

विस्तृतमा...

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा रोक लगाएको छ । पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरू (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरू (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले बताए ।…

विस्तृतमा...

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।

विस्तृतमा...

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले ५० हजार कारबाही गरेको छ । विभागले नेपाल डेरीमा जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगरपालिकालाई समेत साथमा लिएर संयुक्त रुपमा अनुगमन गर्दा कैफियत पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार ५० हजार कारबाही गरिएको प्रवक्ता मोहनकृष्ण महर्जनले बताए। सरसफाइमा ध्यान दिइ लेबल लगाएर मात्र सामान बेच्न पनि विभागले नेपाल डेरीलाई निर्देशन दिएको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र…

विस्तृतमा...

काठमाडौं- सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । “अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ । साथै, उक्त घटनामा संलग्न दोषीलाई समयमै नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दछौँ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य संस्थामा हुने गरेका यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आएर स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने संघको भनाइ छ । संघले घटनामा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा…

विस्तृतमा...

काठमाडौं- उपचारमा लापरबाही गरेर बिरामीलाई मृत्युको मुखमा पुर्‍याएको भन्दै ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ । गत असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै काठमाडौंकाे वनस्थलीका ज्ञानप्रसाद रिमाल अस्पतालमा भर्ना भएका थिए । तर, उनकाे असोज ४ गते मृत्यु भएकाे थियाे । चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारणा उनकाे मृत्यु भएकाे परिवारकाे आरोप छ । लापरबाहीकै कारण मृत्यु भएकाे भन्दै परिवारले अस्ति कात्तिक ४ गते ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् । रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी मुटुको उपचार र मृगौलाको डायलासिसका…

विस्तृतमा...

– डा. अखिलेस कुमार कस्यपकलेजोमा बोसोको मात्रा बढेर उत्पन्न हुने रोगलाई फ्याटीलिभर भनिन्छ । सामान्यतया हाम्रो कलेजोमा पाँच प्रतिशत भन्दा बढी बोसो भयो भने फ्याटीलिभर हुन्छ । भिडियो एक्सरे गर्दा कलेजोमा बोसो जमेको आधारमा चिकित्सकहरूले ग्रेड छुट्याएको हुन्छ । तर, हाम्रो ध्यान त्यतातिर गएको हुँदैन । त्यसैले अहिले यो फ्याटीलिभर बढ्दो क्रममा रहेको छ । पहिले लिभर क्यान्सर वा लिभर सिरोसिस् जस्ता समस्या मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी को कारणले हुन्छ भनिन्थ्यो । तर, अहिले विभिन्न अनुसन्धानले मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी ले भन्दा बढी फ्याटीलिभरले कलेजो बिग्रिने समस्या उत्पन्न गराएको छ । यदि कसैमा फ्याटीलिभर…

विस्तृतमा...

काठमाडाैं- भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले फेरि आन्दोलन सुरु गरेका छन् । दसैँअघि एक महिना दिनसम्म चलेको आन्दोलन पुनः सुरु भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रहेकाे छ । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार बिहान अस्पतालको गेट अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनमा स्थानीय संघ संस्था एवम् गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिएका थिए । अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । स्थानीयले दसैँअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर विभिन्न चरणमा ज्ञापन पत्र…

विस्तृतमा...

सुर्खेत- स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन् । यहाकाँ चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन् । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात…

विस्तृतमा...

पर्वत- स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ्य बिमा गरेका हुन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत असोज मसान्तसम्म १६ हजार पाँच सय ७० परिवारका ४६ हजार तीन सय ९६ जना नागरिकले स्वास्थ्य बिमा गरेर उपचार सेवा लिँदै आएका छन् । कार्यालयकी संयोजक एवं दर्ता अधिकारी सिया गुरुङले जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका १६ हजार पाँच…

विस्तृतमा...