कैलाली- कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । सोमबार अस्पतालको चिकित्सकीय टोलीले ५० वर्षीय पुरुषको हातको पाखुरामा पलाएको सिस्टको शल्यक्रिया गरेर अस्पतालमा शल्यक्रिया सेवा सुरु गरेको हो । शल्यक्रिया टोलीमा सर्जन डा. शंकर अधिकारी , एनेस्थेसियोलोजिष्ट डा. आशिष तिवारी, नर्सिङ कर्मचारी रोशनी शाही, आरती भण्डारी, शर्मिला चौधरी र सहयोगी रोशनी चौधरी रहेका थिए । गेटा अस्पतालले थप स्वास्थ्य सेवाहरु विस्तार गर्दै गइरहेको छ ।
स्वास्थ्य डायरी
बाँके – बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जानकारी दिए । तिहार, छठ लगायतका चाडपर्वमा प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकूल असर पार्ने भएकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले आग्रह गरे । प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगले स्थानीय किसानबाट उत्पादन भएको फूलले समेत बजार नपाउने तथा रकम बाहिरिनेजस्ता समस्या देखिने गरेको उनले उल्लेख गरे । प्रशासकीय अधिकृत गिरीले…
कास्की- चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र बटुवाहरुलाई रगत दिन आग्रह गरिएको थियो । केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक…
काठमाडौं- भक्तपुरकी १०१ वर्षीया बृद्धाको घाँटीमा अड्किएको मासुको डल्लो पाटन अस्पतालका चिकित्सकहरुले निकालेका छन् । गत शनिबार खाना खाने क्रममा मासुको डल्लो बृद्धाको घाँटीमा अड्किएको थियो । मासु अड्किएर छट्पटाएकी बृद्धालाई तत्काल परिवारले पाटन अस्पताल लगेका थिए । त्यहाँका नाक कान घाँटी (ईएनटी) चिकित्सकहरुको समूहले रिजिड ईसोफागोसकोपी) गरी निकालिदिएका दिएका हुन् । उपचारमा सम्लग्न इएनटी विशेषज्ञ डा. लिजन महर्जनले बृद्धा महिलालाई बेहोस गरेर घाटीमा अड्किएको मासु ‘रिजिड इसोफागोसकोपी’ गरी निकालिएको बताए । उनले बयोबृद्धा बिरामीमा दमको समस्या समेत भएकोले अहिले पाटनमै दमको उपचार भइरहेको जानकारी दिए । बयोबृद्धाको घाँटीमा अड्किएको मासु निकाल्न शनिबार डा. महर्जनसंगै डा. बिदुर अधिकारी, डा. ओम…
तनहुँ- तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेंगु संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेंगु संक्रमण ह्वात्तै बढेको हाे । स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेंगी पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५…
कैलाली- सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो । पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ । अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो । निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ । त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ । जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब…
म्याग्दी- अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूति गृह स्थापना गरेको जानकारी दिए । “निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूति गृह स्थापना गरेको हो”, उनले भने, “नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।” नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी कुर्नु नपर्ने व्यवस्था गरिएको छ । यस अवधिमा मन्त्रालयले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गर्यो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबहालीको दिन पहिलो निर्णयको रुपमा क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गरेका थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल, सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक…
काठमाडाैं- जलनको उपचार अब सातै प्रदेशमा निःशुल्क हुने भएको छ । सरकारले सातवटै प्रदेशबाट जलनको निःशुल्क उपचार सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृतिका निम्ति पेस गरेको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले जलनको…
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ । सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उक्त छात्रवृत्तिका लागि कार्तिकको १३ गते भित्र आवेदन दिन भनेको छ । छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ । प्रदेश सरकारले २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षदेखि ३ जनालाई एमडी अध्ययनका लागि पनि छात्रवृत्ति दिन लागिएको…

