स्वास्थ्य डायरी

काठमाडौं- सरकारले डेङ्गुको महामारी फैलिन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट यो निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘डेङ्गु फैलिन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान शुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने । यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहान १०…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन् । उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् । यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुडकिलो शिर्षकलगायत उल्लेख छन् । साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए । एमडी,…

विस्तृतमा...

काठमाडौं- पोलियो एक जीवाणुबाट सर्ने रोग हो । यो दूषित खाना र पानीको माध्यमबाट श्रेण गर्छ । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ ।  पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दूषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ । नेपालमा यो रोग उन्मुलन गर्न २०४५ सालदेखि देशभरीबाट पोलियो थोपा खुवाउने अभियान सुरु भएको इतिहास छ । यसको अहिलेसम्म ६ करोडभन्दा बढी डोज पुगिसकेको छ…

विस्तृतमा...

काठमाडाैं- जोन्सन एण्ड जोन्सन कम्पनीको ट्याल्कम पाउडर लगाएपछि एक व्यक्तिलाई क्यान्सर भएको छ । अमेरिकाका ती व्यक्तिले कम्पनीविरुद्ध अदालत म्रद्दा दर्ता गरेका थिए । अदालतले जोन्सन एन्ड जोन्सनलाई १ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । पछिल्लो केही वर्षमा भने जोन्सन एण्ड जोन्सन कम्पनी को लोकप्रियता घटेको छ । अक्टोबर २०२४ सम्म यस कम्पनीविरुद्ध ५८ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । धेरै जसो केसहरूमा, जोन्सनको बेबी पाउडरलाई क्यान्सर निम्त्याउने आरोप लगाइएको छ । जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध औषधि कम्पनीहरूमध्ये एक मानिन्छ । यो बालबालिकाका सामग्री उत्पादन गर्ने कम्पनीको रुपमा पनि चर्चित छ…

विस्तृतमा...

काठमाडौँ- आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेको छ। उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले सुइबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बताए। “अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन्, विश्वका…

विस्तृतमा...

ओखलढुङ्गा- ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो । अनैतिक शारिरीक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताए । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिए। मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ ।

विस्तृतमा...

काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै महानगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो । महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ । महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ ।

विस्तृतमा...

काठमाडाैं- बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएकाे छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो । मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताइन् । भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा. गौतमले जानकारी दिइन् ।

विस्तृतमा...

काठमाडाैं- नेपाल औषधि लिमिडेटले सिटामोलको अभाव नरहेको बताएको छ । लिमिटेडले डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो । लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ । साथै पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उदेश्यले लिमिटेडको केन्द्रीय कार्यालयको बिक्री महाशाखा काउन्टरबाट जोकोहीले पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने पनि लिमिटेडले जनाएको छ । 

विस्तृतमा...

मुग्लिन- सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित तालिमको समापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव नहुने बताए । उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएकाले जीवन जोखिममा परेका हजारौँको रक्षा गरेका तथा देशमा विपत्तिका बेला परिचालन हुने स्वयम्सेवक दस्ता पनि नागरिकस्तरमा गठन गर्न अपरिहार्य भएको विचार व्यक्त गरे । तालिममा गजुरी अस्पताल, मलेखु अस्पताल, आदमघाट अस्पताल, मुग्लिन हाइेव अस्पताल र इच्छाकामना गाउँपालिकाद्वारा…

विस्तृतमा...