

काठमाडाैं- नेपाल औषधि लिमिडेटले सिटामोलको अभाव नरहेको बताएको छ ।
लिमिटेडले डेङ्गी सङ्क्रमण बढेको अवस्थामा बजारमा सिटामोलको अभाव रहेको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै सिटामोल अभाव नरहेको प्रष्ट पारेको हो ।
लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ ।
साथै पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उदेश्यले लिमिटेडको केन्द्रीय कार्यालयको बिक्री महाशाखा काउन्टरबाट जोकोहीले पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने पनि लिमिटेडले जनाएको छ ।


