स्वास्थ्य डायरी

सिरहा- सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए । अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

विस्तृतमा...

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको मासु खाँदा ३५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । अर्घाखाँची हस्पिटलमा एकजनाको उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए । बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बताए । उनीहरू सबैको अवस्था सामान्य छ । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए ।

विस्तृतमा...

काठमाडाैं- हाम्रो शारीरिक बनावट अनुसार शारीरिक समस्या वा हाम्रो शरीरमा लाग्ने रोग पनि फरक–फरक हुन्छन् । प्रोफेसर डाक्टर रामनन्दन प्रसाद चौधरीका अनुसार भर्खर जन्मेको बच्चादेखि १८ वर्षसम्मको उमेरमा गरिने सम्पूर्ण शल्यक्रिया सम्बन्धि कार्यलाई पिरियाडिक सर्जरी भनिन्छ । बच्चा जन्मेको २८ दिनसम्म गरिने शल्याक्रियालाई न्यूनेट्रल सर्जरी भनिन्छ । २८ दिनदेखि एक वर्षसम्म गरिने सर्जरी इन्फ्यान्ट हो । एक वर्षदेखि १४ वर्षसम्म पिरियाडिक सर्जरी र १४ देखि १८ वर्षसम्म गरिने शल्यक्रिया एडोलेसेन्ट सर्जरी हो । बच्चामा विभिन्न किसिमका सर्जरीहरू गर्नुपर्ने हुन्छ । आन्द्रामा आन्द्रा खप्टिने, आन्द्रामा प्वाल नहुने, खाना नली वा श्वास नलस् जोडिने, हर्निया हुने, पिसाब नालीमा समस्या हुने, मृर्गौलामा पनि…

विस्तृतमा...

-डा. मिना प्रधान महिलालाई विभिन्न शारीरिक समस्या हुने गर्दछन् । तीमध्ये प्रमुख समस्या पाठेघरको मुखमा घाउ हुनु हो । यो अधिकांश महिलामा देखिने गर्छ । यसले पाठेघरको क्यान्सर जस्तो जटिल समस्या पनि निम्त्याउन सक्छ । पाठेघरको मुखमा घाउ हुँदा महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्कपछि दुख्ने वा पोल्ने समस्या हुन्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । ब्याक्टेरियाको कारणले पाठेघरमा समस्या देखिएको हुन्छ । ब्याक्टेरियाले हाम्रो शरीरको रगत तथा मासुलाई पिपमा रूपान्तरण गर्छ । बिस्तारै यो फैलिदँदै जान्छ र यसले ठूलो रूप लिन्छ । यो फैलिँदै गएपछि पाठेघर, लिभर लगायत विभिन्न ठाउँमा क्यान्सरको समस्या…

विस्तृतमा...

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङख्या बढेको छ । स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्य चौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रूपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् । चालु आवको…

विस्तृतमा...

कैलाली- कैलालीको गेटामा चिकित्सा शिक्षाको अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि ६ अर्ब बढीका संरचना तयार छन् । तर, त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ । मेडिकल शिक्षाको अध्यापन हुने कहिलेबाट निश्चित छैन । सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । तर पछि प्रतिष्ठान पनि बेठीक हुने भन्दै मेडिकल विश्वविद्यालय स्थापनाको माग चर्को गरी उठेको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ ।…

विस्तृतमा...

जुम्ला- यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गरेका थिए । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताए । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पुर्याउने नीति अनुरूप…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गगरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । यो निर्णय मङ्सिर १ गतेदेखि लागू हुनेछ । मन्त्री पौडेलले पदबहाली गरेपछि बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गर्न पहल थालेका थिए । साथै, उपचार खर्चमा अपुग भए मन्त्रालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने पनि प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरको निदान हुने गर्दछ…

विस्तृतमा...

काठमाडौँ- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपछि केन्द्रले यही शैक्षिक सत्रदेखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो । मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले केन्द्रबाट पेश भएका कागजात र काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रमका लागि स्वीकृति दिइएको बताए । केन्द्रका अनुसार अब मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एकजना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एकजनालाई गरी कुल दुईजनाका लागि एकवर्षे फेलोसिप कार्यक्रम सञ्चालन हुने बताएको छ ।

विस्तृतमा...

डडेल्धुरा- डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो । ‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ ।’ उनक…

विस्तृतमा...