नुवाकोट- त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। उक्त सेवा नि:शुल्क गरिएको छ। एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रूपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो। ‘नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ’, उनले भने ‘बहिरंग सेवा (ओपिडी)नि:शुल्क गरिएको…
स्वास्थ्य डायरी
काठमाडौं– नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ । उनले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिए । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्याङ्क्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।
धनगढी- मोटरसाइकल दुर्घटनामा परी कैलालीको कैलारी गाउँपालिका १ मनाउ आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कमलेस चौधरीको निधन भएको छ । कैलारी गाउँपालिका ३ उत्तरभर्री निवासी कमलेश चौधरीको गएराति मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । जिल्लाको धनगढी उप–महानगरपालिका– १८ डिपो बजारस्थित धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको अवस्थामा उनले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नं. को मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लपको पछाडिबाट ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ । डल्लब र डल्लब चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको सरुवा भएको छ । ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीले सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् । टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् । यस्तै व्यवस्थापन महाशाखामा रहेका डा. सुरेन्द्र चौरसियालाई उपचारात्मक महाशाखा पठाइएको छ । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।
महोत्तरी- लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतोले भने, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको…
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौंमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । ‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ,’ उनले बताए । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाए । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या…
डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–४ का ५४ वर्षीय राजेन्द्र विक्रम भण्डारी विगत एक वर्षअघिबाट मृगौला पीडित बिरामी छन् । नियमित डायलाइसिस गर्नुपर्ने भएकाले उनको परिवारले हप्ताको दुईपटक धनगढी पुग्नुपर्ने बाध्यता थियो डायलाइसिस सेवा निःशुल्क भएतापनि गाडीभाडा र औषधी लगाएर उनको एकपटक डायलाइसिस गराउँदा करिब १५ हजार जति खर्च आउँथ्यो । त्यसरी धनगढीको सेती प्रादेशिक अस्पताल जाँदा महिनामा लगभग ७५ हजार खर्च हुने उनका छोरा भुवन भण्डारीले बताए । तर, अब भने राजेन्द्र विक्रमको डायलाइसिस डडेल्धुरामै हुने भएको छ । हिजो (सोमबार) डडेल्धुरा अस्पतालले राजेन्द्रमाथि सफल डायलाइसिस परीक्षण गरेको छ । योसँगै भण्डारी परीवारले धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । उता…
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले आज सो कार्यको औपचारिक उद्घाटन गरे । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए । उनले भने, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरे । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा…
काठमाडौं- काठमाडौंमा जन्मिएका डा. तेजसु सिंह मल्ल चिकित्सकको पारिवारिक पृष्ठभूमीबाट आएका हुन् । हजुरबुवा डा. जीत सिंह मल्ल र बुबा प्रोफसर डा. तेज सिंह मल्ल चिकित्सक भएकाले तथा आमा प्रोफेसर डा. सुशीला मल्लको प्रेरणाबाट उनी यस क्षेत्रमा प्रवेश गरेका थिए । सन् २००९ मा बङ्गलादेशबाट एमबीबीएस गरेका उनले केही वर्ष बीएण्डबी अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरेका थिए । त्यसपछि चिन सरकारको छात्रवृतिमा २०१७ मा साउथ इस्ट विश्वविद्यालयबाट आँखा (आप्थेल्मोलाजी) मा मास्टर डिग्री गरे । २०१७ मा नेपाल फर्किएका उनी हाल विभिन्न अस्पतालमा कार्यरत छन् । एक कुशल परामर्शदाता तथा नेत्र रोग विशेषज्ञको रुपमा उनी छत्रपति निःशुल्क अस्पताल, दृष्टि आँखा…
बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अव हप्ताको सातै दिन प्रसुति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसुति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो । अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शैयाको पोष्ट अपरेटिभ शैयासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको छ । अब हप्ताको सात दिन प्रसुति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने अस्पतालले बताएको छ । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एक वटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको स्रोतले जनायो । अस्पतालबाट विगत तीन वर्षदेखि बार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन्…

