पाेखरा- पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । याेसँगै यस क्षेत्रमा मुख स्वास्थ्य सेवाहरुको सटीकता र दक्षता बढाउँदै दन्त निदानमा कोसेढुङ्गा साबित हुने अस्पतालका जनस्वास्थ्य अधिकृत अमन केसीले बताए ।सीबीसीटी स्क्यान मेसिन एक प्रकारको एक्सरे टेक्नोलोजी प्रयोग गरी दाँत, मुख र गिजाको विस्तृत ‘थ्रिडी’ एक्सरे गर्ने उपकरणा हाे । यो प्रणालीले स्पष्ट, व्यापक दृश्यहरु प्रदान गर्दछ जसले दन्त चिकित्सकहरुलाई मुख स्वास्थ्य अवस्थाहरुको निदान गर्न, दन्त प्रत्यारोपणको योजना बनाउन र दाँतकाे हड्डीको घनत्व र अन्य मुख स्वास्थ्यमा देखिने असामान्यताहरु…
स्वास्थ्य डायरी
काठमाडौं– वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना निकालेर सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही सातादेखि मुलुकको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको सन्दर्भमा विभागले उक्त सूचना जारी गरेको हो । वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र सवारी साधन, वन डढेलो हो । त्यसै गरी, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ…
दमौली (तनहुँ)- यहाँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेको थियो । गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो । दाँतका समस्या भएका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । दन्त शिविरमा दाँतको एक्सरे, सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार तथा औषधि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त…
धनगढीः- सुदूरपश्चिममा करोडौंका ट्रक एम्बुलेन्स अलपत्र बनेर थन्किएका छन् । सुदूर पहाडमा सेवा दिन भन्दै पठाइएका एम्बुलेन्स फिर्ता आएपछि अलपत्र रुपमा थन्किएको बताइएको छ । सुदूरपश्चिम सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो । स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स प्रयोगमा ल्याउन समस्या भएपछि मन्त्रालयमै फिर्ता पठाउन थालिएको हो । बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले बताएका छन् । सुदूरपश्चिमका समाजिक विकास मन्त्री मेघराज खड्काले पहाडी जिल्लाबाट एम्बुलेन्स फिर्ता आउने क्रम जारी रहेको बताए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साँघुरो…
काठमाडौं– दाँत उपचार र दन्त चिकित्सा शिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल, बसुन्धरा, काठमाडौं आफ्नो स्थापनाको १७औं वर्ष पुरा गरि १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००७, १६ डिसेम्बरबाट सेवा सुरु गरेको कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौं विश्वविद्यालयद्धारा सम्वन्धन प्राप्त र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा सञ्चालित रहेको छ । स्थापनाकालदेखि हालसम्म यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्यका बिरामीहरुलाई सेवा दिएको संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. बुद्धिमान श्रेष्ठले बताए । त्यसैगरी दन्त शिक्षातर्फ ब्याचलर ईन डेन्टल सर्जरी बीडीएस तर्फ ४००…
काठमाडौं- नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ । अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो । यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ । यो प्रविधिअनुसार शल्यक्रिया गर्दा चिरफार गर्नु नपर्ने, समय कम लाग्ने, रगत निकै न्यूनमात्रामा बग्ने र भोलिपल्टैदेखि बिरामी हिँडडुल गर्न सक्ने डा झाले बताए । यस्तै, चिरफार गर्दा बिरामी नियमित काममा फर्कन कम्तीमा ३ साता लाग्ने…
काठमाडौं- नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे । अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उनले बताए । मष्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको…
काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनले दक्षिण-पूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई प्रत्येक प्रभावित र जोखिममा रहेका व्यक्तिहरूसम्म पुग्न उच्च राजनीतिक तहको नेतृत्वमा बहु-क्षेत्रीय प्रयासहरूमार्फत क्षयरोग अन्त्य गर्न सिर्जना गरिएको गतिलाई अगाडि बढाउन आह्वान गरेको छ । रोगको सामाजिक-आर्थिक निर्धारक र प्रभावलाई सम्बोधन गर्नुहोस् विज्ञप्तिमा उल्लेख गरिएको छ । “कुपोषण जस्ता क्षयरोग निर्धारकहरूलाई सम्बोधन गर्ने प्राथमिक स्वास्थ्य हेरचाहमा आधारित दृष्टिकोण, आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा भएका विकासहरू सहित नयाँ प्रविधिहरू अँगाल्ने, र सबै प्रयासहरूको केन्द्रमा समुदाय र प्रभावित जनसङ्ख्याहरू छन्, हाम्रो पुनरुत्थानको मुख्य तत्त्वहरू मध्ये एक हुनुपर्छ । दृष्टिकोण,” साइमा वाजेद, क्षेत्रीय निर्देशक, विश्व स्वास्थ्य सङ्गठन दक्षिण-पूर्वी एसिया क्षेत्रले भने । डब्ल्यूएचओ द्वारा प्रकाशित ग्लोबल…
सुर्खेत- कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो । जाजरकोट र सल्यानमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आए लगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा भौतिक संरचना निर्माण गर्न अख्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । यही मङ्सिर १८ गते निर्णय गरेर पठाएको उनले बताए । बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाइ कठर रुससिललाई रु ५० लाखमा भवन निर्माण गर्न लागिएको छ ।…
काठमाडौं– मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ । चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । नत्र यसले ज्यान नै लिन सक्छ । यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश…

