Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा सातै दिन प्रसुति शल्यक्रिया सेवा

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ मंसिर २४, सोमबार
Share
Facebook Twitter

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अव हप्ताको सातै दिन प्रसुति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसुति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसुति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो । 

अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शैयाको पोष्ट अपरेटिभ शैयासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको  छ । अब हप्ताको सात दिन प्रसुति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने अस्पतालले बताएको छ । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एक वटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको स्रोतले जनायो । 

अस्पतालबाट विगत तीन वर्षदेखि बार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसुतिका लागि छुट्टै शल्यक्रिया कक्षा बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि हुने अस्पतालले अपेक्षा राखेको छ ।

 तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९ हजार ७ सय ६५ शल्यक्रियामध्ये चार हजार ५४७ वटा शल्यक्रिया प्रसुति सेवातर्फको रहेको छ । 

अस्पतालमा प्रसुती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये सात हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालले जनायो । 

पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट तीन लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसुति तर्फको शल्यक्रिया कक्ष बिस्तार गरेसँगै अव महिनौं पालो कुर्नुपर्ने समस्या धेरै समाधान हुने अस्पतालको दाबी छ । 

अस्पतालका अनुसार शल्यक्रिया कक्ष बिस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अब सातामा तीन दिन हुनेछ । सोहीअनुसार शल्यक्रियातर्फ नाक, कान, घाँटीसम्बन्धि शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउने छ । 

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.