कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ । सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उक्त छात्रवृत्तिका लागि कार्तिकको १३ गते भित्र आवेदन दिन भनेको छ । छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ । प्रदेश सरकारले २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षदेखि ३ जनालाई एमडी अध्ययनका लागि पनि छात्रवृत्ति दिन लागिएको…
स्वास्थ्य डायरी
बैतडी- बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । महिनावारी भएको समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्ने भएकाले महिला कर्मचारीहरुलाई बिदाको व्यवस्था मिलाएको उनले बताए । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले अरु बेला शनिवार समेत बिदा पाउने स्थिती नरहेकाले महिला कर्मचारीहरुलाई महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको उनले बताए । महिनावारी भएको समयमा कतिपय महिलाहरुलाई पेट दुख्ने लगायतका समस्याहरु देखापर्ने र यो अवस्थामा आरामको आवश्यकता हुने भएकाले महिनावारी भएको समयमा बिदा दिने निर्णय गरिएको हो । यो निर्णयले स्वास्थ्यचौकीमा…
काठमाडाैं- सहरी विकास मन्त्रालयले देशभरका विभिन्न स्थानमा ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरेको छ । साउनदेखि यता १०० दिनको अवधिमा देशभर ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य १०० दिनभित्रै पुरा गरेको आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलवालले बताए । जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यलयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरा अस्पताल भवन निर्माण गरेको छ । त्यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ ।
काठमाडौं– नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरेको हो । यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ । तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला ‘बड चियारी सिन्ड्रोम’ भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो । तर, नेपाल फर्केपछि नर्भिक अस्पतालका डा. पौडेल र उहाँको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट ) मार्फत् सजिलै उपचार गर्न…
काठमाडौँ- रुवान्डा सरकारले मारबर्ग भाइरस रोगको फैलावट रोक्नको लागि विभिन्न उपायहरूको घोषणा गरेको छ । सेप्टेम्बरको अन्त्यमा देशले मारबर्ग भाइरस रोगको प्रकोप फैलिएको घोषणा गरेको थियो । यो घातक रोगको सिकार भएकाहरूको अन्त्येष्टिमा कम मात्रै मानिस भेला हुन दिने, स्कुलहरू बन्द गर्ने, अस्पतालमा भर्ना भएका बिरामीहरूको हेरचाह गर्नेहरूको सङ्ख्यालाई सीमित गर्ने नियम लागू गरिएको छ । सरकारले स्क्रिनिङ मेकानिजमहरू पनि ल्याएको छ । मारबर्ग भाइरस रोगका बिरामीहरूको सबै सम्पर्कहरू पहिचान गरेको छ, र क्वारेन्टाइन अन्तर्गत नजिकका सम्पर्कहरूलाई ध्यान नदिने वा यात्रा नगर्ने सुनिश्चित गर्न इलेकट्रोनिक प्रणालीहरू लागू गरेको छ। किगालीको इजो हेजा बजारकी एक अधिकारी अल्फोन्सिन मुकन्देराल बजारमा प्रवेश गर्ने…
काठमाडौँ- सरकारले जलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गरेको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए । उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावप्रति सरकार सकरात्मक छ । जलन पीडितहरूको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान शीघ्र सार्वजनिक हुनेछ ।” स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल,…
काठमाडौं- पर्यटन व्यवसायी वसन्त मिश्रको निधन भएको छ । आइतबार बिहान ७१ वर्षको उमेरमा उनको डेंगुको संक्रमणबाट थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन्, जसले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएका छन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि यो क्षेत्रमा सक्रिय थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन् ।
काठमाडौं- बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको बताए । उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ । उनले भने,‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक…
कैलाली- सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन। सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत रोगको सूचकमा सुधार हुन नसकेको तथ्याङ्क छ । धनगढीमा सुरु भएको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मोहनदेव भट्टले सुरक्षित मातृत्वतर्फ स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बर्सेनि घट्दो क्रममा रहेको बताए। ‘प्रदेशमा जम्मा ६१ प्रतिशत महिलाले मात्रै संस्थागत सुत्केरी सेवा लिने गरेका छन’, उनले भने, ‘सुत्केरीपश्चात् सेवा लिनेको सङ्ख्या भने गत विगतभन्दा बढेर ४३ प्रतिशत पुगेको छ।’ यस्तै गर्भपतन गराउने दर पनि चिन्ताजनक रहेको छ। अघिल्लो…
काठमाडौं- अब महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । विपद्प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए । केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह…

