काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको सरुवा भएको छ ।
ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीले सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् ।
टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् ।
यस्तै व्यवस्थापन महाशाखामा रहेका डा. सुरेन्द्र चौरसियालाई उपचारात्मक महाशाखा पठाइएको छ । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।