काठमाडौँ – देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो । यस्तै, यस अवधिमा ११ जना सङ्क्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा सङ्क्रमण देखिएको ईडीसीडीको विवरणमा उल्लेख गरिएको छ । यस्तै हाल सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी सङ्क्रमित छन् । ईडीसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना सङ्क्रमित रहेका छन् । यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार…
स्वास्थ्य डायरी
काठमाडौं- बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । ‘लामखुट्टे खोजी र नष्ट’अभियानअन्तर्गत आज बिहान सिंहदरबारमा पनि सरसफाइ गरिएको छ। सोही क्रममा मुख्य सचिव एकनारायण अर्याल औषधि छर्किने मेसिन बोकेर सरसफाइ अभियानमा जुटेका थिए । उनले कार्यालय परिसरमा जोखिमयुक्त स्थानमा डेंगु नियन्त्रणका लागि औषधि छर्केका थिए। हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी)को तथ्यांकअनुसार डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रण चासो जगाउन सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक भिडियो सन्देश जारी गर्दै देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबै बर्गमा अनुरोध गरेका छन् । हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति प्रधानमन्त्रीले आग्रह गरेका हुन् । डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट…
बागमती- मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् । मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष २०८०/८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् । आव २०८०/८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । कडा कुपोषितमध्ये नौ बाबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ । अघिल्लो आव २०७९/८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए । कुपोषित बालबालिकाको खोजी…
काठमाडौं- वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी सहरमा बढ्दो वायु प्रदूषण स्तरलाई सम्बोधन गर्न नयाँ दिल्लीमा वायु प्रदूषणको कडा उपायहरू अपनाइएको छ । भारतको राजधानी सहरका धेरै क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) पिएम२.५ को हिसाबले ३०१ र ४०० को बिचमा रेकर्ड गरिएको थियो । जुन धेरै खराब श्रेणीमा परेको थियो । भारत सरकारको वायु गुणस्तर र मौसम पूर्वानुमान र अनुसन्धानको प्रणालीअनुसार नयाँ उपायहरू राष्ट्रिय राजधानी क्षेत्र र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोगले जारी गरेको ग्रेडे प्रतिक्रिया कार्य योजनामा समावेश गरिएको थियो । नयाँ प्रदूषण विराेधी उपायहरूमा भ्याकुम स्वीपिङ र सडकमा पानी छर्कने, ट्राफिक आवागमनलाई सहज बनाउनको लागि सिङ्क्रोनाइज गर्ने, निजी…
काठमाडौं- सरकारले डेङ्गुको महामारी फैलिन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट यो निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘डेङ्गु फैलिन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान शुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने । यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहान १०…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एकसय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको उल्लेख गरेका छन् । उनले एकसय दिनमा सम्पन्न कार्यमा पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् । यस्तै जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुडकिलो शिर्षकलगायत उल्लेख छन् । साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए । एमडी,…
काठमाडौं- पोलियो एक जीवाणुबाट सर्ने रोग हो । यो दूषित खाना र पानीको माध्यमबाट श्रेण गर्छ । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ । पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दूषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ । नेपालमा यो रोग उन्मुलन गर्न २०४५ सालदेखि देशभरीबाट पोलियो थोपा खुवाउने अभियान सुरु भएको इतिहास छ । यसको अहिलेसम्म ६ करोडभन्दा बढी डोज पुगिसकेको छ…
काठमाडाैं- जोन्सन एण्ड जोन्सन कम्पनीको ट्याल्कम पाउडर लगाएपछि एक व्यक्तिलाई क्यान्सर भएको छ । अमेरिकाका ती व्यक्तिले कम्पनीविरुद्ध अदालत म्रद्दा दर्ता गरेका थिए । अदालतले जोन्सन एन्ड जोन्सनलाई १ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । पछिल्लो केही वर्षमा भने जोन्सन एण्ड जोन्सन कम्पनी को लोकप्रियता घटेको छ । अक्टोबर २०२४ सम्म यस कम्पनीविरुद्ध ५८ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । धेरै जसो केसहरूमा, जोन्सनको बेबी पाउडरलाई क्यान्सर निम्त्याउने आरोप लगाइएको छ । जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध औषधि कम्पनीहरूमध्ये एक मानिन्छ । यो बालबालिकाका सामग्री उत्पादन गर्ने कम्पनीको रुपमा पनि चर्चित छ…
काठमाडौँ- आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेको छ। उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले सुइबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बताए। “अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन्, विश्वका…

